डाँडाको नाक प्रहरीमा ६ कोठे भवनको शिलान्यास

समाधान संवाददाता २०७९ चैत १४ गते ११:०३

लेखनाथ ।
इलाका प्रहरी कार्यालय डाँडाकोनाकको हाताभित्र भन्ने ६ कोठे पक्की भवनको सोमबार शिलान्यास गरिएको छ । भवनको पोखरा महानगरपालिका वडा नम्बर २६ का वडाध्यक्ष नरेन्द्र थापाले शिलान्यास गरेका हुन् ।

भवनको शिलान्यास गर्दै वडाध्यक्ष थापाले शान्ति सुरक्षा र सु–व्यवस्था कायम गर्न स्थानीय सरकार प्रहरीबिच समन्वय हुनुपर्ने बताए । थापाले भवन निर्माण भएपछि प्रहरीको कार्य सञ्चालन र सेवा प्रवाहमा थप सहजता आउने विश्वास व्यक्त गरे ।

उक्त अवसरमा इलाका प्रहरी कार्यालय डाँडाको नाकका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश दहालले स्थानीय प्रहरीसँग पर्याप्त स्रोत साधन नभएको अवस्थामा वडा कार्यालयले भवन निर्माणका लागि पर्‍याएको सहयोगप्रति धन्यवाद व्यक्त गरे ।

Advertisement

कार्यक्रममा वडाका सब–इन्जिनियर संकल्प ढुंगानाले भवन निर्माण समयमै सम्पन्न हुने विश्वास व्यक्त गरे । वडाको पहलमा निर्माण हुने उक्त भवन निर्माणका लागि महानगरको २५ लाख र जनसहभागिता ४ लाख ४१ हजार ५सय गरी कुल २९ लाख ४१ हजार ५ सय लागत लाग्ने पनि उनले जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया