चुनावी वाचा नभुलौंः शर्मा

पोखरा ।
नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले निर्वाचनका क्रममा जनतासँग गरिएका संकल्प बिर्सन नहुने जनाएका छन् । नेपाली कांगेस गण्डकी प्रदेश कार्यसम्पादन समितिको सोमबार बसेको बैठकमा उनले प्रदेश तथा संघको निर्वाचनमा आम जनताको विश्वासका कारण पहिलो दल बनेको जनाउँदै प्रतिबद्धतालाई पूरा गर्नुपर्नेमा जोड दिए ।
‘हामीले जनतासँग संकल्प गरेका छौँ, जुन विश्वासलाई अब काममा देखाउने अवस्था आएको छ । हिजोको कामलाई अध्ययनमा राखेर कसैलाई भेदभाव नगरी नकरात्मक टिप्पणी नउठ्ने गरी सावधान रहेर सत्तामा रहेका र पार्टीमा रहेका सम्पूर्णले सकरात्मक काम गर्नुपर्छ’, अध्यक्ष शर्माले भने । अब ५ वर्षपछि निर्वाचनमा जाँदा जनताले प्रत्यक्ष मनन गर्ने गरी काम गरेमा मात्र जनताको आशा र भरोसाले सार्थकता पाउने उनको भनाइ छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले नेपाली कांग्रेसको नेतृत्वमा गण्डकी प्रदेश सरकार बन्ने वातावरण बनेको बताए । कांग्रेसको नेतृत्वमा सरकार बने पनि मन्त्रालयको संख्या नबढ्ने बताउँदै उनले जनताबाट जश पाउने गरी काम गर्ने विश्वास दिलाए ।
पार्टी तहमा केन्द्र, प्रदेश र जिल्लाले जनमुखी कार्यक्रम गर्दा नजुध्ने गरी काम गर्नुपर्ने उल्लेख गर्दै उनले यसबाट पार्टीका विभिन्न निकाय र जनतामा थप हौसला प्रदान गर्ने उल्लेख गरे ।
नेपाली कांग्रेस गण्डकी प्रदेशका प्रवक्ता माधवप्रसाद बाँस्तोला (मधु)ले जिल्ला कार्यसमितिलाई चलायमान, गतिशील व्यवस्थित बनाउनका लागि गण्डकी प्रदेशका ११ जिल्लाका सचिव, कोषाध्यक्ष र सहसचिवसँग अन्तक्र्रिया तथा अभिमुखीकरण कार्यक्रम गर्ने बैठकले निर्णय गरेको जानकारी दिए ।
पार्टी संगठन मजबुत बनाउनका लागि प्रदेशका ११ वटै जिल्लामा एकसाथ पार्टी सदस्यता वितरणको अभियान चलाउने निर्णयसमेत भएको छ । साथै पार्टी संगठन मजबुद बनाउनको लागि प्रदेशका ११ वटै जिल्लामा एकैचोटी पार्टी सदस्यता वितरणको अभियान चलाउने निर्णय गरिएको समेत उनले बताएका थिए ।
बैठकमा नेपाली कांग्रेस गण्डकी प्रदेश उपसभापति कल्पना तिवारी, कोषाध्यक्ष वसन्तकुमार श्रेष्ठ, सहमहामन्त्री रमेशकुमार पाण्डे, कोपिला रानाभाट जिल्ला सभापतिहरु डा टकराज गुरुङ, जित शेरचन, नन्द न्यौपाने लगायतले बोलेका थिए ।









वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
भद्रकाली माविलाई सत्य युवा क्लबको सहयोग
गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले गर्यो स्वागत
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया