एल एन्जल शैक्षिक गुठीमा ऋषिराम

पोखरा ।
पोखरा १९ लामाचौरमा अस्थित एल एन्जल सार्वजनिक शैक्षिक गुठीको आइतबार भएको १६ औं साधारण सभा तथा चौथो अधिवेशनले ऋषिराम सापकोटाको अध्यक्षतामा नयाँ समिति चुनेको छ ।
९ सदस्यीय सञ्चालक समितिमा संस्थाको विनियम अनुसार २ सदस्य समिति बाट मनोनित हुने र पदेन सदस्य सचिव नीलकण्ठ आचार्य रहने व्यवस्था छ ।
सदस्यमा विष्णु पौडेल, कोमलप्रसाद बास्तोला, बाबुराम गौतम, रविलाल सुनार र सुवास खनाल । उपाध्यक्ष र कोषाध्यक्ष समितिका सदस्यबाट सञ्चालक समितिको बैठकले चयन गर्ने छ ।
पोखरा १९ का निवर्तमान अध्यक्ष शोभामोहन पौडेल संयोजक र लालबहादुर भुजेल ज्योति पौडेल सदस्य रहेको निर्वाचन मण्डलले नयाँ समिति चयनका लागि सहजीकरण गरेको थियो ।
सञ्चालक समिति अध्यक्ष ऋषिराम सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा मदनबहादुर केसी, पोखरा १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डे लगायतले बोलेका थिए ।









कांग्रेसमा विशेष महाधिवेशनको दबाब: महामन्त्री थापालाई बुझाइयो स्मरण पत्र, पुस २८ सम्मको समयसीमा
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कोठेगाउँमा बाँसका सामग्री बनाउनेको संख्या घट्दै
कास्कीमा १७ हजार बढी नयाँ मतदाता थप
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया