चैतेदशैँमा कालिका मन्दिरमा दर्शनार्थीको घुइँचो

गलकोट ।
प्रसिद्ध बागलुङ कालिका भगवती मन्दिरमा बुधबार बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ । चैत्र शुक्ल अष्टमी अर्थात् चैतेदशैँको अवसरमा यहाँ भक्तजनको घुइँचो लागेको हो ।
नवरात्र सुरु भएदेखि नै यहाँ दर्शनार्थीको चाप बढ्दै गएको थियो । चैतेदशैँको मुख्य दिन आज बिहानैदेखि मन्दिर परिसरमा दर्शनार्थी पुजाका लागि लाइनमा लागेका कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिए । चैतेदशैँमा राँगो, बोका र कुखुराको बलि दिने चलन छ ।
चैतेदशैँका अवसरमा छिमेकी मुलुक भारतसहित, मुलुकका विभिन्न क्षेत्रबाट पाँच लाख बढी दर्शनार्थी यहाँ आउने समितिले जनाएको छ । मन्दिरमा सुरक्षाका लागि प्रहरी परिचालन गरिएको छ ।
गुठी व्यवस्थापन समितिले चैत्राष्टमी मेलाको समेत आयोजना गरेको छ । मेलाको मुख्य समारोहलाई आज गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सम्बोधन गर्ने कार्यक्रम छ । मेला १७ गतेसम्म चल्नेछ । चैतेदशैँका अवसरमा कालिका मन्दिर परिसरमा नेपालकै प्राचीन ‘चैते दशैँ मेला’ लाग्ने गरेको छ ।
पर्वतका राजा प्रतापीनारायण मल्लले पाल्पाकी राजकुमारी विवाह गरेर ल्याउँदा दाइजो दिएको कालिका मूर्ति घना जंगलको बीचमा बिसाएर उठाउन खोज्दा नसकेपछि सोही ठाउँमा स्थापित गरी पूजा गर्ने चलन बसेको मन्दिरको अभिलेखमा उल्लेख छ । कालिका भगवती मन्दिर विसं १५९१ मा स्थापना गरिएको हो ।







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया