सगरमाथाको चुचुरोमा एचआइभी संक्रमित गोपालको कीर्तिमान

विष्णु बसौला
एचआइभी संक्रमित गोपाल श्रेष्ठले सगरमाथाको सफल आरोहण गरेर विश्व कीर्तिमान बनाएका छन् ।
पोखराका ५६ वर्षिय श्रेष्ठ सगरमाथाको चुचुरोमा पुग्ने पहिलो एचआइभी संक्रमित व्यक्ति हुन् ।
उनी बुधबार बिहान सगरमाथाको चुचुरोमा पुगेका हुन् । पुर्व राष्ट्रिय फुटवल खेलाडी समेत रहेका श्रेष्ठलाई २५ बर्ष अघि एचआइभी संक्रमण देखिएको थियो ।
सन् २०१५ मा पनि सगरमाथा आरोहणका लागि गएका श्रेष्ठ भुकम्पका कारण आधार शिविरबाटै फर्किएका थिए ।
काठमाडौं-लुक्ला-नाम्चे-पाङबोचे-बेसक्याम्प हुँदै उनी सहित ६ जनाको टोली बुधबार बिहान सगरमाथा पुगेको पर्यटन विभागका महानिर्देशन डण्डराज घिमिरेले जानकारी दिए।
ड्रिमर्स डेस्टिनेसन ट्रेक्स एण्ड एक्सपिडिसन प्रालि एजेन्सी मार्फत उनले गत चैत २४ गते आरोहणको अनुमति पाएका थिए। २००३ मा आफू एचआइभी संक्रमित भएको सार्वजनिक गरेको गोपालको यो दोस्रोपटकको प्रयास थियो।
उनलाई ‘स्टेप अप क्याम्पियन’ले साथ दिएको थियो। गोपालले नेपालका विभिन्न हिमालहरुको सफल आरोहण गरिसकेका छन्।








एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया