प्रवीण गुरुङको सम्झना

पोखरा ।
यो दाजुको मिरमिरे आँखा, फूल मायामा नभूल लगायतका कालजयी गीतका गायक प्रवीण गुरुङको स्मृतिमा विशेष कार्यक्रम भएको छ ।
कास्कीको लुम्लेमा उनको स्मृतिमा सांगीतिक एवं स्रस्टा सम्मान कार्यक्रम भएको हो । कार्यक्रममा अन्नपूर्ण गाउँपालिकाका प्रमुख विष्णुबहादुर केसीले अन्नपूर्ण गाउँपालिकाकाको पहिचान बढाउन गायक गुरुङले संगीतका माध्यम महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे । यस्ता कार्यक्रमको निरन्तरताले सर्जकको सच्चा सम्मान हुने विश्वास उनको छ ।
कार्यक्रमको दोस्रो दिन सोमबार प्रवीण गुरुङ स्मृति पुरस्कार गम बहादुर गुरुङलाई प्रदान गरिएको छ । उनलाई नगद १० हजार, दोसल्ला र सम्मान पत्र प्रदान गरियो । गमबहादुर प्रवीणका सहयात्री हुन् ।
सो अवसरमा अन्नपूर्ण गाउँपालिकाले लोकदोहोरी गायक बाबुराम पौडेललाई सम्मान गरेको छ । उनलाई नगद १० हजार, दोसल्ला र सम्मानपत्र प्रदान गरियो । मंगलबार साँझ लेकाली ब्यान्ड र नवीन गुरुङको प्रस्तुति रह्यो ।







आँखाले देख्दैनन् तर खेल्दैछन् विश्व कप
गाँजा खेती वैधानिकीकरण विधेयक गण्डकी प्रदेश सभामा पेस
सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया