तनहुँ १ मा नेकपा एसबाट प्रतापलाल सर्वसम्मत सिफारिस
समाधान संवाददाता
२०७९ चैत १७ गते १०:५५

पोखरा ।
तनहुँ १ मा आउँदो वैशाख १० को उपनिर्वाचनमा सत्ता गठबन्धनको एक घटक नेकपा एकीकृत समाजवादीबाट प्रतापलाल श्रेष्ठले उम्मेदवारी दिने भएका छन् ।
बिहीबार बसेको जिल्ला कमिटीको बैठकले श्रेष्ठलाई उम्मेदवार बनाउन सर्वसम्मत निर्णय गरी सिफारिस गरेको हो ।
‘सम्पूर्ण वामपन्थी, लोकतान्त्रिक शक्तिहरू र आम स्वतन्त्र नागरिकलाई आफ्नै माटोले जन्माएको संघर्षशील नेता प्रतापलाल श्रेष्ठलाई विजय गराउन हार्दिक आव्हान र अपिल गर्दछौं’, बैठकको निर्णय सार्वजनिक गर्दै अध्यक्ष श्रीराम कार्कीले हस्ताक्षर गरेको विज्ञप्तिमा जनाइएको छ ।
यहाँ कांग्रेसले गोविन्द भट्टराईलाई उठाउँदैछ । रास्वपाबाट डा. स्वर्णिम वाग्ले पक्कापक्कीजस्तै भइसकेका छन् ।
एमालेले भने शनिबारको सचिवालय बैठकबाट निर्णय गर्दैछ ।
सम्बन्धित









पोखरामा सांगीतिक प्रस्तुतिसहित स्वरसम्राटको सम्झना
क्यानका महानिर्देशक अधिकारी जेल चलान, निर्देशक भण्डारीसँग ५ लाख धरौटी
सकियो ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला
संसद् विघटनविरुद्ध एमालेपछि कांग्रेस पनि सर्वोच्चमा, ८ सांसदद्वारा रिट पेस
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया