लेक लागेर मुस्ताङमा भारतीय महिलाको मृत्यु ।

समाधान संवाददाता २०७९ चैत १८ गते ११:३६

सुन्दरकुमार थकाली
जोमसोम ।

मुस्ताङमा भारतीय महिला एक महिला पर्यटकको लेक लागेर मृत्यु भएको छ । भारतको भवानी नगर काप्रा सेकुन्दरावाद हैदरा्वादीकी ६१ वर्षीया भारतीय महिला रुपा थाङ्लाको लेक लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

भारतदेखि मुक्तिनाथ दर्शनका लागि २२ जना भारतीय दर्शनार्थी टोली बिहीबार बेनी–जोमसोम सडकमार्ग हुँदै मुस्ताङको जोमसोम आइपुगेको थियो । टोली शुक्रबार बिहान जोमसोमबाट मुुक्तिनाथ जाने मृत्यु भएकी महिला क्रममा रानीपौवा बसपार्कमा लेंक लागेर बेहोस भएकी ढलेकी थिइन् । उनलाई उपचारका लागि जोमसोम अस्पताल ल्याउँदा पुर्‍याउँदा भारती महिला रुपा थोङ्लाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृत्यु भएकी महिला हाईअल्टिच्युडका कारण श्वाशप्रश्वासमा समस्या हुँदा मृत्यु भएको हो ।

Advertisement

लेक लागेर मृत्यु भएकी भारतीय महिलाको शव प्रहरीले आफन्तको जिम्मा लगाईसकेको प्रहरी नायव उपरीक्षक रवीन्द्रनाथ पौडेलले जानकारी दिए । प्रहरीका अनुसार मुक्तिनाथ दर्शनका लागि २२ जनाको टोलीसंगै लेंक लागेर मृत्यु भएकी महिलाकी श्रीमान पनि सँग थिए । तर, श्रीमानलाई जोमसोम आइपुग्दा नै हाइअल्टिच्युडका कारण श्वासप्रश्वासमा समस्या देखिएपछि जोमसोमबाट हवाई सेवा मार्फत पोखरा उद्धार गरिएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया