रेडियो अन्नपूर्णको रक्तदानमा ११० युनिट रगत संकलन

पोखरा ।
रेडियो अन्नपूर्ण ९३.४ मेगाहर्जले शनिबार पोखरामा आयोजना गरेको २१ औं बृहत रक्तदान कार्यक्रमा १ सय १० यनिट रगत संकलन भएको छ । रक्तदान कार्यक्रममा ९४ जना पुरुष र १६ जना महिला गरि १ सय १० जनाले सहभागी भएकाे संयोजक कृष्ण सुवेदीले बताए । तीमध्ये ३० जना नयाँ रक्तदाता रहेका छन् ।
पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतीले पहिलो रक्तदाता प्रादेशिक रक्तसञ्चार केन्द्रका वरिष्ठ प्राविधिक महेन्द्र केसीलाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रको उद्घाटन गरे । कार्यक्रममा बोल्दै अध्यक्ष प्रजापतीले रेडियोले आफ्नो स्थापना कालदेखि नै सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदानको आयोजना गरी महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा गरे ।
पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले रक्तदान गर्नुपर्छ भन्ने आम जनमानसमा जनचेतना फैलाउने काम रेडियोले गरेको बताए । रेडियोका निर्देशक विजेश पाखिलेले सहयोगी संघ संस्था तथा रक्तदाताहरूप्रति धन्यवाद व्यक्त गरे । स्टेशन म्यानेजर सञ्जयकुमार मल्लले रक्तदानप्रति मानिसको भावनामा परिवर्तन ल्याउन स्थापनाकालदेखि नै रेडियोले रक्तदान गर्दै आइरहेको र यो अभियानकै रुपमा रहेको बताए । कोशिस नेपालका परियोजना संयोजक सुदिप घिमिरेले पछिल्लो समयमा आत्महत्यको दर बढ्दै गएकाले न्यूनीकरणका लागि रेडियोसँग सहकार्य गरी जनचेतनामूलक कार्यक्रम गर्दै आइरहेको बताए।
रक्तसञ्चार केन्द्र पोखरा र फिस्टेल नर्सिङले प्राविधिक सहयोग गरेका थिए । कार्यक्रमको सहकार्य संघ संस्थाहरूमा पोखरा इन्टरनेट प्रा.लि., नेपाल बैंक लिमिटेड, नबिल बैंक लिमिटेड, ब्रिज सिमेन्ट प्रालि, डावर नेपाल प्रालि, सिजी फुड्स नेपाल प्रालि, बराल फिड इन्डष्ट्रिज प्रालि, सलिको इन्स्योरेन्स प्रालि, नेलम्बो नेपाल, लायन्स क्लब अफ पोखरा सेतीगंगा, न्यु राष्ट्रियता छापाखाना, सपना आयुर्वेद, एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज, रुपाकोट सुनचाँदी दोकान, गुह्ेयश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेड, तालबाराही फार्मेसी, कोशिस नेपाल र परिचय एडभटाइजिङ रहेका थिए ।









पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया