अस्ट्रेलियाका महिला उद्यमी पद्मावती उद्योगमा

समाधान संवाददाता २०७९ चैत २० गते १०:४९

पोखरा ।
अस्ट्रेलियाका महिला उद्यमीले पोखरा राष्ट्रबैंक स्थित पद्मावती हस्तकला उद्योग अवलोकन गरेका छन् । अस्ट्रेलियाको फेयर ट्रेड डाउनअन्डरका सञ्चालक रोज जमिसन, जिलियन कुले, क्यारोलेन डान्स लगायतको ७ सदस्यीय टोलीले हस्तकला सामग्रीका बारेमा जानकारीसमेत लिएको छ ।

Advertisement

क्यारोलेन डान्सले नेपालका महिला सृजनात्मक, निकै मेहनती लागेको सुनाइन् । उनले भनिन्, ‘हामीले पोखराका केही हस्तकला उद्योग अवलोकन गर्‍यौं, यहाँका महिला निकै सृजनात्मक र मेहनती हुनुहुँदोरहेछ ।’ उनले चाउचाउ, बिस्कुटको खोल, मकै खोस्टा, गहुँको नल, बाबियोबाट बनेका झोला, मोडा, म्याट लगायतका सामग्री निकै आर्कषक लागेको जनाइन् ।

अर्का उद्यमी जिलियनले कुलेले अस्ट्रेलियामा विशेष गरी घरमा सजाउन बढी मात्रमा हस्तकलाका सामग्री प्रयोग हुने जनाइन् ।

पद्मावती हस्तकला उद्योग हिरा भट्टराईले २०६३ मा पोखराको राष्ट्रबैंक चोकमा स्थापना गरेकी हुन् ।

यस उद्योगबाट बाबिया, मकैको खोस्टा, गहुँको नल, जलकुम्भी, ऊनी धागो, बाँसका चोया, फ्रेब्रिक लगायतका कच्चा पदार्थबाट झण्डै ५० प्रकारका सामग्री उत्पादन हुने भट्टराई बताउँछिन् ।

Advertisement

उद्योगबाट उत्पादित हस्तकलाका सामग्री र देशका विभिन्न जिल्लाबाट उत्पादन भएका सामग्री ‘नेपाल कोसेली घर’ बाट बिक्री वितरण हुँदै आएका छन् ।

तपाईको प्रतिक्रिया