बागलुङमा टेलिकमको सेवा विस्तार

समाधान संवाददाता
बागलुङ, ८ जेठ
नेपाल टेलिकम बागलुङले सेवा विस्तारलाई तीव्रता दिएको छ । ग्रामीण तथा विकट क्षेत्रका बासिन्दालाई सञ्चारमा सहज पहुँच पु¥याउनका निमित्त मोवाइल सेवा विस्तार अगाडि बढाएको हो ।
बागलुङको निसीखोला गाँउपालिका, रुकुमको भुमे गाँउपालिका र रोल्पाको सुनछहारी गाँउपालिकालाई लक्षित गरी सेवा विस्तार गर्न लागिएको टेलिकम बागलुङ प्रमुख केशव शर्माले जानकारी दिए ।
मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड र पूर्वी रुकुम खण्डलाई समेत लक्षित गरी सेवा विस्तार गर्न निसीखोला गाँउपालिका वडा नं ६ तिलाचन धुरीमा जिएसएम मोवाइल टावर निर्माण गर्न सर्भे गरिएको छ । नेपाल टेलिकम बागलुङको प्राविधिक टिम र निसीखोला गाउँपालिका अध्यक्ष तारानाथ पौडेल, वडा अध्यक्ष र स्थानीयको सहभागितामा सर्भे गरिएको हो ।
मध्यपहाडी लोकमार्गबाट झण्डै ४५ मिनेटको पैदल यात्रामा पुगिने तिलाचन धुरीमा नेपाल टेलिकमको टावर निर्माण भएपछि बागलुङको कोस्का, भल्कोट, खाली खोला, रिगा ताल, पूर्वी रुकुमको रिकिम, काक्री, लुकुम र रोल्पाको तिलाचन ताल, फुलिबन, पोबाङ, सिउरी, भङरङ क्षेत्रमा सेवा पुगेको छ ।
टावर बनेपछि मध्य पहाडी लोकमार्गमा आवतजावत गर्ने यात्रीसमेत प्रत्यक्ष लाभान्वित हुने नेपाल टेलिकम बागलुङले जनाएको छ । टेलिकमले टुजी, थ्रिजीसँगै भविष्यमा फोरजीसमेत विस्तार गर्ने लक्ष्य अनुरुप काम अगाडि बढाएको छ । अहिले त्यस क्षेत्रमा मोवाइलको सेवाको पहुँच छैन । निसीखोला गाउँपालिकाको भौतिक पूर्वाधार व्यवस्थापनमा टावर निर्माणअघि बढाइएको अध्यक्ष तारानाथ पौडेलले बताए ।








सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
भद्रकाली माविलाई सत्य युवा क्लबको सहयोग
गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले गर्यो स्वागत
रिभानमा एक्यापको ३९औँ वार्षिकोत्सव, कृषि प्रदर्शनी र संरक्षणकर्मीलाई सम्मान
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया