कप्तान अरुणालाई गण्डकी विश्वविद्यालयको सम्मान

पोखरा ।
नेपाली राष्ट्रिय भलिबल टिमकी कप्तान अरुणा शाहीलाई गण्डकी विश्वविद्यालयले सम्मान गरेको छ । गत फागुन २३ गते आयोजना भएकाे पल्सर स्पोट्र्स अवार्डमा ‘महिला वर्ष उत्कृष्ट खेलाडी’ जितेकी अरुणालाई विश्वविद्यालयले बुधबार सम्मान गरेको हो ।
विश्वविद्यालयका कुलपति प्राडा. गणेशमान गुरुङले कप्तान अरुणालाई भलिबलसहित सम्मान गरे । कुलपति प्राडा. गुरुङले अरुणाले उत्कृष्ट खेलाडी घोषणा हुँदा विश्वविद्यालयले गर्व महसुस गरेको बताए । उनले खेलकुदसँगै पढाइसँगै लडेर अगाडि बढ्न आग्रह गरे ।
कार्यक्रममा उपकुलपति प्राडा. नवराज देवकोटा र डिन डा. कपिल अधिकारीले अरुणालाई बधाई दिएका थिए । अरुणाले सम्मानित गरेकोमा विश्वविद्यालयलाई धन्यवाद व्यक्त गरिन् । भलिबलकी अरुणा र फुटबलका अञ्जन विष्ट पल्सर स्पोर्टस् अवार्ड २०७८ वर्षका वर्ष उत्कृष्ट खेलाडी घोषित हुन् ।
अरुणा उक्त विश्वविद्यालयमा स्नातक तहमा खेलकुद व्यवस्थापन विषय पढिरहेकी छन् । यो विश्वविद्यालय नेपालमै पहिलोपटक प्रदेश सरकारद्वारा स्थापना गरेको विश्वविद्यालय हो । विश्वविद्यालयले विभिन्न शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्नुका साथसाथै विश्वविद्यालयले अन्वेषण र अनुसन्धानलाई समेत प्राथमिकतामा राख्दै आइरहेको छ । यो विश्वविद्यालय स्नातक तहमा खेलकुद व्यवस्थापन विषयको पठनपाठन सुरु गरेको नेपालकै पहिलो र एकमात्र विश्वविद्यालय हो ।









जनप्रिय क्याम्पसको गरिमा कायम राख्छुः राजेन्द्र
व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
‘विमानस्थलमा ट्याक्सीको मनोमानी रोक’
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया