आत्रेय केन्द्रीय सदस्य उम्मेदवार

समाधान संवाददाता २०७९ चैत २४ गते ११:४४

लेखनाथ ।
नेपाल उद्योग बाणिज्य महासंघको चैत २८ र २९ गते काठमाडौंमा हुने ५७ औं वार्षिक साधारण सभा तथा केन्द्रीय अधिवेशनमा छत्रधर आत्रेयले केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । उनी लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्षसमेत हुन् ।

Advertisement

उद्योग बाणिज्य महासंघतर्फ १८ सदस्य पदका लागि ३२ जनाको उमेदवारी परेको छ । मंगलबार अनलाइनबाट आत्रेयले उमेदवारी दर्ता गराएका हुन् ।

महासंघको वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने भएकाले अहिले वरिष्ठ उपाध्यक्षमा प्रतिस्पर्धा छ । वरिष्ठ उपाध्यक्षका लागि पोखराका अञ्जन श्रेष्ठ, काठमाडौका रामचन्द्र संघाई र उमेशलाल श्रेष्ठबीच चुनावी प्रतिस्पर्धा हुँदै छ ।

Advertisement

तपाईको प्रतिक्रिया