२ करोड घुस मागेको अडियोबारे रास्वपा सांसद श्रेष्ठसँग २४ घन्टे स्पष्टीकरण माग

पोखरा ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक सूचीबाट सांसद बनेका ढाकाकुमार श्रेष्ठलाई २ करोड रुपैयाँ घुस मागेको अडियो प्रकरणमा २४ घन्टे स्पष्टीकरण सोधेको छ । केन्द्रीय अनुशासन तथा आचारण समितिले सो अडियो प्रकरणबारे २४ घन्टाभित्र स्पष्टिकरण पेश गर्न श्रेष्ठलाई निर्देशन दिएको छ।
स्वास्थ्य मन्त्री बन्नका लागि व्यवसायी दुर्गा प्रसाईसँग घुस मागेको अडियो सार्वजनिक भएपछि रास्वपाले श्रेष्ठलाई छानबिन पूरा नहुन्जेलसम्मका लागि सांसद तथा पार्टीको साधारण सदस्यको हैसियतले कुनै पनि काम नगर्न निर्देशन दिएको छ।
रास्वपाले आइतबार विज्ञप्ति जारी गर्दै सञ्चारमाध्यममा सार्वजनिक टेलिफोन संवादप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
रास्वपाले अडियो प्रकरणबारे सत्यतथ्य छानबिन गरी तीन दिनभित्र केन्द्रीय समितिमा प्रतिवेदन पेश गर्न पार्टीको केन्द्रीय अनुशासन तथा आचारण समितिलाई निर्देशन दिएको छ।








फेदीमा दोभान कप सुरु
‘सृजना कप’ विद्यालयस्तरीय भलिबलको तयारी
पुस ३ गतेदेखि हिसान स्पोर्ट्स मिट
लजी लन्ड्री लाउन्ज सञ्चालनमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया