पाल्पाली समाजको अधिवेशन

पोखरा ।
पाल्पाली समाज पोखराको २० औं वार्षिक साधारण सभा तथा ११ औं अधिवेशन भएको छ । अधिवेशनले अध्यक्ष बालचन्द्र परियारको नेतृत्वमा १२ पदाधिकारी सहित २७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको निर्वाचन समितिका संयोजक तथा पुर्व अध्यक्ष बाबुराम खनालले जानकारी दिए ।
रामपुर नगरपालिकाका मेयर रमणबहादुर थापाले अधिवेशनको उद्घाटन गर्दै समाजले पोखरामा बसेर पाल्पालको लागि गौरव लाग्ने काम गरेको बताए । ‘पोखरामा आएर पाल्पाली भन्दा गौरव बढेको छ,’मेयर थापाले भने, ‘पोखरामा बसेर पाल्पाको माटोपानी, भावना र संस्कृतिलाई विर्सन हुदैन ।’ उनले समाजले जन्मभूमिको शैक्षिक, स्वास्थ्य, सामाजिक र सांस्कृतिक क्षेत्रको लागि काम गरेको उल्लेख गरे । मेयर थापाले पाल्पा हाउस मार्फत सबै पालिकाको स्थानीय उत्पादनलाई बजारीकरण गर्न सहजीकरण गर्ने जानकारी दिए ।
गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव मनमाया पंगेनी भट्टराईले पाल्पाको झल्को दिने पाल्पा हाउसले ढाका करुवा लगायतका स्थानीय उत्पादनको बजारीकरणको लागि सहयोग पुग्ने विश्वास व्यक्त गरिन् । गण्डकी प्रदेश प्रमुख कार्यालयका सचिव अणप्रसाद न्यौपानेले छुट्टै समाज, छुट्टै सहकारी, छुट्टै हाउस र कोलनीले पाल्पाको पहिचानलाई स्थापित गरेको बताए ।
कार्यक्रममा समाजको संस्थागत विकासमा उल्लेखनीय काम गरे वापत समाजका निर्वमान अध्यक्ष कुलप्रसाद घिमिरेलाई दोशल्ला ओढाएर सम्मानपत्र प्रदान गरियो । कार्यक्रममा गुल्मेली समाज पोखराका अध्यक्ष नारायण न्यौपाने, समाजका पूर्व अध्यक्ष तथा पाल्पाली बहुउद्देश्यीय सहकारीका अध्यक्ष चिरञ्जीवी श्रेष्ठ, पूर्व अध्यक्ष जगदिश गौतम, सल्लाहकारहरु जनपुकार मुनकर्मी, डा यज्ञमान शाक्य, युवा उद्यमी मनोहर श्रेष्ठ, समाजका प्रथम उपाध्यक्ष बालचन्द्र परियार, महासचिव केशव नेपाल लगायतले समाजले पर्यटन प्रवद्र्धन, शैक्षिक तथा सामाजिक क्षेत्रमा गरेको योगदानको चर्चा गरे ।
कार्यक्रममा अध्यक्ष रेशम रचक थापाले पेश गरेको गतवर्षको कार्यप्रगति विवरण तथा कोषाध्यक्ष उमा सापकोटाले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सुधार सहित पारित गरेको छ । समाजका पुर्व अध्यक्ष बाबुराम खनालको संयोजकत्व, पूर्व अध्यक्ष तथा सल्लाहकारहरु चिरञ्जीवी श्रेष्ठ, ताराप्रसाद पोखरेल, नारायणप्रसाद पौडेल, कानुनी सल्लाहकार विष्णुप्रसाद लम्साल सदस्य रहेको निर्वाचन मण्डलले सर्वसहमत रुपमा नयाँ कार्यसमिति चयन गरेको हो ।









पोखरामा सांगीतिक प्रस्तुतिसहित स्वरसम्राटको सम्झना
क्यानका महानिर्देशक अधिकारी जेल चलान, निर्देशक भण्डारीसँग ५ लाख धरौटी
सकियो ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला
संसद् विघटनविरुद्ध एमालेपछि कांग्रेस पनि सर्वोच्चमा, ८ सांसदद्वारा रिट पेस
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया