‘सशक्तीकरणका लागि कानुनी ज्ञान जरुरी’

समाधान संवाददाता २०७९ चैत २७ गते ११:२४

पोखरा ।
हक अधिकार सुनिश्चितताका लागि महिला कानुनी रुपमा सचेत हुनुपर्नेमा एक कार्यक्रमका वक्ताले जोड दिएका छन् । पोखरा १७ आँखा अस्पतालचोकस्थित नारीशक्ति जागरण आमा समूहले आयोजना गरेको नयाँ वर्ष २०८० को शुभकामना आदानप्रदान तथा कानुनी सचेतना कार्यक्रममा बोल्ने वक्ताहरुले कानुनी अधिकारकावारे स्पष्ट हुनुपर्नेमा जोड दिएका हुन ।

पोखरा १७ का कार्यवाहक वडाध्यक्ष विक्रम गुरुङले महिला घरयासी लेनदेखका बिषयमा सचेत हुनुपर्नेमा जोड दिए । उनले महिला सशक्तीकरणका लागि वडाको तर्पmबाट सक्दो सहयोग गर्ने प्रतिवद्धतासमेत जनाए ।

प्रशिक्षक अधिवक्ता निर्मला सुवेदीले महिला संगठित भएर प्राप्त अधिकारको उपयोग गर्दै थप अधिकारका लागि लड्नुपर्ने आवश्यकता औंल्याइन् । पत्रकार हरि बास्तोलाले विभेद अन्त्यका लागि महिला आर्थिक र शैक्षिकरुपमा सक्षम हुनुको विकल्प नभएको जनाए । उनले कानुनी सचेतनाले नेतृत्व विकासमा समेत थप टेवा पुग्ने विश्वास व्यक्त गरे ।

Advertisement

समूहका अध्यक्ष प्यारी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा शुमकामना आमा समूहका अध्यक्ष कोकिला श्रेष्ठ, समाजसेवी लीलबहादुर जिसी, घारिपाटन बचत तथा ऋण सहकारी अध्यक्ष कृष्णकला केसी, क्षमता अभिवृद्धि कार्यक्रम संयोजक सिमा शर्मा, गोमा श्रेष्ठ, उपाध्यध्य राधादेवी पौडेल लम्साल लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया