विद्यालयमै स्वास्थ्य सेवासहित पढाई

जोमसोम– मुस्ताङको एक निजी विद्यालयमा स्वास्थ्य सेवासहितको पढाइ संञ्चालन भएको छ ।जिल्लाकै अंग्रेजी माध्यमबाट पठन÷पाठन सुरु गरिएको जोमसोमको धौलागिरी आवासीय माध्यमिक विद्यालयले शैक्षिक पठनसंगै स्वास्थ्य सेवा संञ्चालनमा ल्याएको हो ।
सो विद्यालय मुस्ताङका समाजसेवी,बुद्धिजीवी, अगुवा र शिक्षाप्रेमीहरुको सहयोगमा स्थापना भएको जिल्लाकै एक मात्रै माध्यमिक तहको निजी विद्यालय हो । यसअघि कोरोना महामारी फेरी बढिरहेका बेला विद्लायले विद्यार्थीहरुको स्वास्थ्य अवस्थालाई सहज बनाउन स्वास्थ्यकर्मीको नयाँ दरबन्दी थप गर्ने योजना बनाएको थियो । सोही योजना अनुसार शैक्षिक सत्र २०७९÷०८० देखि विद्लायमै स्वास्थ्य सेवा सुरु गरेको विद्यालयका प्रधानाध्यापक अनिरुद्ध गौतमले जानकारी दिए ।
उनले विद्लायमा विद्यार्थीहरुको तत्काल प्राथमिक उपचार गरी अवस्था बिग्रन नदिन स्वास्थ्य सेवा संञ्चालनमा ल्याएको प्राधानाध्याक गौतमको भनाई छ । विद्लायले स्वास्थ्यकर्मी मार्फत नियमित स्वास्थ्य परीक्षण गर्ने गरेको उनले बताए ।
विद्लायले स्वास्थ्य सेवा दिनका लागि एक जना स्वास्थ्यकर्मी स्मृति दाहाललाई खुल्ला प्रतिस्पर्धाबाट नियुक्त गरेको हो ।
नियुक्त भएकी स्वास्थ्यकर्मीले सो विद्लायलमा स्वास्थ्य र शारिरीक बिषयमा अध्यापन गराउने गरेकी छिन् । विद्यालले शिक्षा र स्वास्थ्यमा जोड दिएको छ ।









सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया