शान्ति निकेतन स्कुलमा दीक्षान्त

पोखरा ।
पस्र्याङस्थित शान्ति निकेतन स्कुलले दीक्षान्त, पुरस्कार वितरण तथा बिदाइ कार्यक्रम गरेको छ । कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा राजेन्द्र चापागाईले शान्ति निकेतन स्कुलले शैक्षिक उन्नति गरेको र विद्यालय अब्बल रहेको बताए ।
आजभोलिका बच्चाहरुमा नैतिक शिक्षाको अपरिहार्यता रहेको उनले औंल्याए । स्कुलका संस्थापक÷प्रिन्सिपल डा महेश्वर पराजुलीले आफ्नो स्कुलले संस्कारसहित गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बताए ।
कार्यक्रममा बाराही माविका प्रधानाध्यापक शिवप्रसाद भण्डारीले विद्यालयले भौतिक तथा शैक्षिक सुधारमा प्रगति भएको विचार राखे । अभिभावक दोणराज भुत्र्यालले आफ्ना बाबुनानीहरूलाई विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गरिरहेको सुनाए ।
स्थानीय पुष्पराज बराल र टीकाराम भन्तनाले दक्ष जनशक्ति उत्पादन गर्दै शैक्षिक प्रगति गरेको भन्दै स्कुललाई बधाई दिए ।
त्यस अवसरमा युकेजीका विद्यार्थीलाई प्रमाणपत्रसहित ग्रेडसिट प्रदान गरी दीक्षित गरिएको थियो । साथै एसइई दिएका विद्यार्थीहरुलाई मायाको चिनो प्रदान गरी बिदाइ गरिएको थियो । शैक्षिक सत्र २०७९ सालको वार्षिक परीक्षामा नर्सरीदेखि कक्षा ९ सम्मका प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई ट्रफीसहित पुरस्कार वितरण गरिएको थियो ।
कार्यक्रममा विद्यार्थीहरुले नेपाली संस्कृति झल्कने लोकनृत्य तथा राइम्स प्रस्तुत गरेका थिए । त्यसैगरी २०८० को शैक्षिक क्यालेन्डर वार्षिक म्यागाजिन ‘डिलाइट्स अफ क्रियसन’ बिमोचन गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णमणि भुत्र्यालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा भाइस प्रिन्सिपल यदुविलाश भुत्र्याल र परीक्षा प्रमुख हेम सुवेदीले बोलेका थिए ।








मनोहर युवा क्लबद्वारा तेस्रो खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने
राष्ट्रिय सभा निर्वाचन : सात प्रदेशमा तोकिए मतदान स्थल
पोखरा महानगरले बाँड्यो ‘नवरत्न सम्मान’, अमृत गुरुङदेखि तीर्थ श्रेष्ठसम्म सम्मानित
पश्चिम पृतनाको कमान्ड सम्हाल्न उपरथी थापा पोखरा आउँदै
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया