चुनाव घोषणालगत्तै पृथ्वीनारायण क्याम्पमा तालाबन्दी

पोखरा ।
पोखराको पृथ्वीनारायण (पिएन) क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन कार्यालय र क्याम्पस प्रशासनमा तालाबन्दी भएको छ । क्याम्पसको निर्वाचन समितिले स्ववियु निर्वाचनको मिति संशोधन गरी तालिका प्रकाशन गरेको भोलिपल्टै ४ विद्यार्थी संगठनले तालाबन्दी गरेका हुन् ।
अनेरास्ववियु कास्की, अखिल (क्रान्तिकारी) विप्लव, अखिल (क्रान्तिकारी) संयुक्त र अखिल (छैठौं) ले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै क्याम्पस प्रशासन र स्ववियु कार्यालयमा तालाबन्दी गरेका हुन् । यसअघि पनि चैत २६ गते ३ विद्यार्थी संगठनले स्ववियु निर्वाचन कार्यालयमा तालाबन्दी गरेका थिए ।
त्यस बेला ताला नखुलेपछि क्याम्पसको निर्वाचन समितिले नयाँ निर्वाचन कार्यालय खोलेर निर्वाचनको कार्य सुरुआत गरेको थियो । क्याम्पसको निर्वाचन समितिको सोमबारको बैठकले स्ववियु निर्वाचन कार्यतालिका सार्वजनिक गरेको थियो ।
तालिका अनुसार चैत २९ गते मनोनयन दर्ता र बैशाख ३ गते मतदानको मिति तोकिएको छ । तर, ४ विद्यार्थी संगठनले प्रथम वर्षको परीक्षालाई प्रत्यक्ष असर गर्ने गरी र स्ववियु निर्वाचन समितिले एकलौटी ढंगले निर्वाचन तालिका सार्वजनिक गरेको भन्दै तालाबन्दी गरेका हुन् । तालाबन्दीपछि फेरि पिएनमा स्ववियु निर्वाचन हुनेमा शंका उब्जिएको छ ।









सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया