नागरिक परोपकारको शुभकामना

लेखनाथ ।
नागरिक परोपकार समन्वय संस्था कास्कीले नयाँ वर्षको अवसर पारेर शुभकामना आदानप्रदान तथा भित्रेपात्रो विमोचन कार्यक्रम गरेको छ ।
नयाँ वर्ष २०८० सालको भित्रेपात्रोको लोकार्पण गर्दै पोखरा वडा नं ३० का वडा अध्यक्ष तथा समाजका संरक्षक दुर्गाप्रसाद सुवेदीले स्थानीय सामाजिक संघसंस्थाको सहकार्यबाट वडाको विकास सम्भव भएकाले यहाँका सामाजिक संघसस्थासँग वडा कार्यालय हातेमालो गरेर अगाडि बढ्न तयार रहेको धारणा राखेका थिए ।
नागरिक परोपकार समन्वय संस्थाका अध्यक्ष चिरञ्जीवी तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा शारदा बास्तोला, संस्थाका सल्लाहकार गणपति ओझा, नेकपा माओवादी केन्द्र वडा नम्बर ३० का उपाध्यक्ष जीवन ढकाल, नेकपा एमाले वडा नम्बर ३० का अध्यक्ष कृष्णप्रसाद अधिकारी लगायतले संस्थाले समाजमा सकारात्मक सन्देश दिने खालका काम गर्नुपर्ने खाँचो औंल्याए ।
संस्थाकी सचिव गीता जमरकट्टेलले सञ्चालन गरेको कार्यक्रममा धन्यवाद ज्ञापन उपाध्यक्ष देवराज पन्थीले गरेका थिए ।








सुन्तला टिप्ने काम खोज्दै धादिङका युवा म्याग्दीमा
लेखनाथमा भोलिबाट महोत्सव
मादी पुल वैशाखभित्रै बन्ने
सम्पादकीय—निर्वाचन सुरक्षा र प्रहरी प्रशासनको दायित्व
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया