युनाइटेड क्लबको वार्षिकोत्सव

पोखरा ।
युनाइटेड क्लब पोखराले स्थापनाको १३ औं वर्ष प्रवेशको अवसर पारी साताव्यापी कार्यक्रम सुरु गरेको छ । २०६७ साल बैशाख ७ गते स्थापना भएको युनाइटेड क्लबले स्थापना कालदेखि नै पोखराको अमरसिंह चौरमा आयोजना गर्ने पोखरा महोत्सवको आम्दानीको बचत रकमले सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको छ ।
क्लबले १३ औं वार्षिकोत्सवको अवसर पारी बिहीबारदेखि साताव्यापी कार्यक्रम सुरु गरेको छ । क्लबले आयोजना गरेको साताव्यापी कार्यक्रम अन्तर्गत बिहीबार महिला कानुनी सचेतना कार्यक्रम गरेको छ ।
कार्यक्रममा जिल्ला अदालत कास्कीका न्यायाधीश अवनी मैनालीले महिलाहरुले कानुन आफ्नो पक्षमा छ भन्दैमा पुरुषहरुलाई पीडा दिने गरी कानुनको दुरुपयोग गर्न नहुने बताइन् ।
जिल्ला अदालत कास्कीका नायब सुब्बा महेन्द्रप्रसाद तिमिल्सिनाले महिला दिदीबहिनीहरुले कानुनी कुराहरु नजान्दा विभिन्न समस्यामा परिरहेको सुनाए । कार्यक्रममा सहभागी कालिका मन्दिर परिसर महिला समूहकी अध्यक्ष माया केसीले बजारमा भन्दा पनि गाउँका दुर दराजमका महिलाहरु अझै पनि कानुनको बारेमा जानकारी नहुँदा दुख पाइरहेको बताइन् ।
युनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लबका वरिष्ठ उपाध्यक्ष लोकबहादुर थापाले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रम सञ्चालन क्लबका महासचिव दिनेश सुनारले गरेका थिए । क्लबका कार्यसमिति सदस्य दिवानी सुवेदीको संयोजनमा सम्पन्न कार्यक्रममा १ सय ६० जना महिला सहभागी रहे ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया