बर्दिया पोखरा सम्पर्क समाजमा पौडेलको नेतृत्व

पोखरा ।
बर्दिया पोखरा सम्पर्क समाजको तेस्रो अधिवेशन तथा पाँचौं साधारणसभाबाट केशवराज पौडेल अध्यक्षमा चुनिएका छन् । पोखरामा सम्पन्न अधिवेशनले पौडेलको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति आगामी दुई वर्षका लागि सर्वसम्मत चयन गरेको हो ।
समाजको वरिष्ठ उपाध्यक्ष सुरेशराज सुवेदी, उपाध्यक्ष पुष्पा मरासिनी, महासचिव तोया अधिकारी, सचिव पदमप्रसाद ढकाल, कोषाध्यक्ष रामप्रसाद अधिकारी, सहकोषाध्यक्ष विन्दु अधिकारी चयन भए । सदस्यमा उषा रिमाल, सीता थारु, दर्पण थारु, रंगिला बास्तोला, ज्योति थारु, सागर पौडेल, कृष्ण देवकोटा र ईश्वरी श्रेष्ठ चुनिए ।
कार्यक्रमको उद्घाटनपछि बोल्दै गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य सचिव विनोदविन्दु शर्माले समाजले बर्दिया र पोखरालाई भावनात्मक रुपमा जोड्न महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताए । आगामी दिनमा नयाँ कार्यसमितिले अझ सशक्त कार्यक्रमहरु कार्यान्वयन गर्दै समाजको भूमिका विस्तार गर्न उनको सुझाव थियो ।
बर्दियामा लामोसमय शैक्षिक सेवा प्रदान गरेका अग्निधर सुवेदी, ज्येष्ठ नागरिक गंगाराम पौडेल र समाजका संस्थापक सदस्य शिशिर कँडेललाई सम्मान गरिएको थियो ।
कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष दीपक पौडेल, पूर्ण शर्मा, निलबहादुर अधिकारी, गोविन्द अधिकारी लगायतले धारणा राखेका थिए । समाजले नियमित वर्ष प्रकाशन गर्दै आइरहेको भित्तेपात्रो ‘२०८०’ को विमोचन गरियो ।









पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया