लेखनाथको मनकामना मन्दिर संरक्षणमा स्थानीयको सक्रियता

लेखनाथ ।
प्रचारको अभावले ओझेलमा परेको पोखरा महानगरपालिका वडा नम्बर ३० को ठाडडाँडामा रहेको मनकामना मन्दिरको संरक्षणका लागि स्थानीयहरु सक्रिय हुन थालेका छन् ।
२०७४ साथमा निर्माण भएको मन्दिरको धार्मिक पक्षका बारेमा जानकारी गराउँदै मन्दिर संरक्षणका लागि यस पूर्व गठन भएको समितिलाई विघटन गरी स्थानीय मनकामना टोल विकास संस्थालाई हस्तान्तरण गरिएको हो ।
मन्दिर संरक्षयण्को काममा धेरै समितिहरु हुँदा काम नहुने भन्दै यस ठाउँको एकीकृत विकासका लागि एउटै मूल समिति चयन गरी अगाडि बढ्ने योजना मुताविक उमादेवी बास्तोला अध्यक्ष भएको समितिलाई विघटन गरी मनकामना टोल विकास संस्थाका अध्यक्ष मुक्तिराज अधिकारीलाई अधिकार हस्तान्तरण गरिएको हो ।
यसैविच शनिबार भएको मनकामना टोल विकास संस्थाको १० औं वार्षिक साधारण सभाले सुन्दर पौडेलको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
जसको उपाध्यक्षमा विनु पौडेल, सचिवमा अनिता कँडेल, सहसचिवमाा आशिष बराल, कोषाध्यक्षमा प्रमिला अधिकारी र सहकोषाध्यक्षमा शान्ति भुजेल छन् । नवगठित समितिको सदस्यहरुमा मन्दिरकी पुजारी गीता रिमाल, सीता विक, कृष्ण पौडेल र लालबहादुर अधिकारी छन् ।
यसअघि कार्यक्रम उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नम्बर ३०का वडाध्यक्ष दुर्गाप्रसाद सुवेदीले विकासका लागि सरकारको मात्र मुख नताकी स्वयं स्थानीयहरुले सक्रियताका साथ अगाडि बढ्नुपर्ने खाँचो औंल्याए ।
मनकामना टोल विकास सस्थका अध्यक्ष मुक्तिराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा नागरिक परोपकार समोन्वय संस्थाका अध्यक्ष चिरञ्जीवी तिवारी, मनकामना माई मन्दिर व्यवस्थापन समितिकी अध्यक्ष उमादेवी वास्तोल, सचिव लीलामणि त्रिपाठी, लेखनाथ पत्रकार मञ्चका संस्थापक अध्यक्ष भीमपाणि बराल, मञ्चका अध्यक्ष कविराज खनाल, मन्दिरकी संरक्षक गीता रिमाल, मनकामना आमा समूहकी अध्यक्ष पवित्रा गौतम, खानेपानी उपभोक्ता समितिका संयोजक जीवन ढकाल, लेखनाथ जेसिजका महासचिव प्रकाश राइभाट लगायतले मन्दिर संरक्षणको जिम्मा टोल विकास सस्थाले गर्ने गरी बनाइएको कार्यविधिले यस ठाउँको प्रचारमा थप सहयोग पुग्ने विचार राखेका थिए ।
संस्थाका सचिव सुन्दर पौडेलले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य मन्दिर व्यवस्थापन समितिका सचिव लीलामणि त्रिपाठीले र आर्थिक प्रतिवेदन कोषाध्यक्ष हुमकुमारी पौडेलले गरेकी थिइन् ।









चुनाव आउन ७३ दिन बाँकी : यस्तो छ समानुपातिकतर्फ समावेशी समूहको नयाँ प्रतिशत
कलामय बन्यो कुश्माको ‘शताब्दी घर’ : क्यानभासमा उतारियो इतिहास र प्रकृति
वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया