मानव सेवा आश्रममा समानान्तरको शृंखला

पोखरा ।
समानान्तर साहित्यिक मञ्च पोखराले मानव सेवा आश्रम छोरेपाटनबाट कविता वाचन तथा गायन श्रृंखला सुरुआत गरेको छ ।
साहित्य, संगीत र कलाले उत्पीडित र आधारभूत वर्गको आवाज बोल्दै समता र मानवताले भरिभराउ समाज निर्माणमा सहयोगी भूमिका खेल्नुपर्ने अवधारणसहित मञ्चले आश्रमबाट कार्यक्रम थालेको हो ।
घरपरिवार, समाज र राज्यबाट उपेक्षित भएर आश्रमको शरणमा रहेका महिला आश्रित आश्रममा मञ्चका सदस्यले कविता वाचन र गायनसँगै व्यक्तिगत रुपमा आर्थिक सहयोगसमेत गरेका छन् ।
अध्यक्ष विश्वराज रसाईली, सचिव सुरेन्द्र विश्वकर्मा, कोषाध्यक्ष राजु परियार, सदस्यहरु मनोज विक भावुक, बुद्धिबहादुर विश्वकर्मा, सिबी संगम र सविना सुनामले कविता तथा गीत प्रस्तुत गरेका थिए । सविना सुनाम र दिया परियारले गीत सुनाए भने अनुपम रिजालले वाद्यवादनमा साथ दिएका थिए ।
श्रृंखलाका नायक कलाकार राम नेपालीले कलाकार र साहित्यकारले उत्पीडित वर्गको आवाज बोल्नुपर्नेमा जोड दिए ।
माछापुच्छे गुठी समाजका अध्यक्ष शालिकराम नेपाली, मञ्चका सदस्य प्रेम नेपाली, मनोज विक भावुक, कोषाध्यक्ष राजु परियार लगायतले कार्यक्रममा बोलेका थिए ।
संस्थाका अध्यक्ष विश्वराज रसाइलीले साहित्य तथा कला जुनसुकै विधा भए पनि मानवता र समानताले भरिएको हुनुपर्नेमा जोड दिए । आगामी दिनमा पनि समानान्तरले सामाजिक न्याय, समानता र मानवताका लागि हरेका खालका विभेद विरुद्ध आवाज बुलन्द गर्ने प्रतिवद्धता गरे ।








मनोहर युवा क्लबद्वारा तेस्रो खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने
राष्ट्रिय सभा निर्वाचन : सात प्रदेशमा तोकिए मतदान स्थल
पोखरा महानगरले बाँड्यो ‘नवरत्न सम्मान’, अमृत गुरुङदेखि तीर्थ श्रेष्ठसम्म सम्मानित
पश्चिम पृतनाको कमान्ड सम्हाल्न उपरथी थापा पोखरा आउँदै
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया