गण्डकी प्रदेशमै लोमान्थाङ गाउँपालिकाको बेरुजु कम

जोमसोम : गण्डकी प्रदेशका ११ जिल्लामध्ये हिमाली जिल्ला मुस्ताङको लोमान्थाङ गाउँपालिका पहिलो र नेपालभरीको ७५३ स्थानीय तह मध्ये चौथो कम बेरुजु रहेको गाउँपालिकामा पर्न सफल भएको छ।
महालेखापरीक्षकको ६० औं वार्षिक प्रतिवेदन २०८० अनुसार शुक्रबार सार्वजनिक गरिएको लेखा परीक्षण प्रतिवेदनमा लोमान्थाङ गाउँपालिका गण्डकी प्रदेशकै पहिलो कम बेरुजु नम्बरको सूचिमा परेको हो ।
नेपालको संविधानको धारा २४१ बमोजिम महालेखापरीक्षकले आर्थिक वर्ष २०७८÷०७९ को लेखा परीक्षण गरी प्रतिवेदन सार्वजनिक गरेको हो।
महालेखापरीक्षक (मलेप) ले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८÷०७९ को प्रतिवेदनमा मुस्ताङको लोमान्थाङ गाउँपालिकाको कुल बजेटको ० दशमलव १९ प्रतिशत अर्थात ९ लाख ७२ हजार बेरुजु कायम भई गण्डकी प्रदेशकै पहिलो र ७ वटै प्रदेशको तहमा चौथो कम बेरुजु पालिकामा परेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ ।
यसअघि आर्थिक वर्ष २०७७÷०७८ मा लोमान्थाङ गाउँपालिकाको बेरुजु कुल बजेटको शून्य दशमलव २६ प्रतिशत अर्थात १३ लाख ३० हजार बेरुजु रहेको थियो । अघिल्लो वर्ष भन्दा यसपटक लोमान्थाङले शून्य दशमलव ७ प्रतिशत बेरुजु घटाएको हो ।
लोमान्थाङ गाउँपालिका नेपाल भरीका स्थानीय तहमा चौथो र गण्डकी प्रदेशमै कम बेरुजु रहेको बताईन्छ ।
स्थानीय जनप्रतिनिधि तथा कर्मचारीहरुको पारदर्शीता र वित्तिय अनुशासन कायम गरिएकाले लोमान्थाङ बेरुजु परिणामको नतिजा राम्रो आएको पालिकाले उल्लेख गरेको छ ।









सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया