सांसद ढाकाले गरे पुनरावेदन

पोखरा ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले आफूलाई साधारण सदस्य र सांसदबाट बर्खास्त गर्ने पार्टी निर्णयविरुद्ध पुनरावेदन गरेका छन् । पार्टी केन्द्रीय कमिटीले आफूलाई साधारण सदस्यबाट पनि निष्कासित गरेपछि त्यसविरुद्ध सफाइका लागि उनी आइतबार पुनरावेदनमा गएका हुन् ।
कारबाही घोषणाका क्रममा सभापति रवि लामिछानेले पनि ढाकालाई पुनरावेदन सुविधा हुने बताएका थिए । रास्वपा पुनरावेदन समितिमा विपिन आचार्य, अग्निशिखा धिताल र दीपक बोहोरा छन् । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ घूस मागेको अडिओ प्रकरणमा रास्वपाले सांसद श्रेष्ठलाई कारबाही निर्णय गरेको थियो ।
डा. भरतमणि देवकोटा संयोजक र सदस्यहरु रामहरि सुवेदी, रमाकान्त रिमाल र यज्ञमणि न्यौपानेको समितिले सांसद श्रेष्ठलाई कारबाही सिफारिस गरेको थियो । त्यही समितिको सिफारिसका आधारमा रास्वपाले श्रेष्ठको सांसद पद खोस्दै पार्टीबाट पनि निष्कासन गरेको थियो ।








वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
भद्रकाली माविलाई सत्य युवा क्लबको सहयोग
गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले गर्यो स्वागत
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया