बिरौटा–छोरेपाटन सडक निर्माण सुचारु गर्न सांसद भट्टराईको माग

समाधान संवाददाता २०८० वैशाख ५ गते २१:११

पोखरा
बिरौटा–छोरेपाटन सडक निर्माण सुचारु गर्न प्रतिनिधि सभा सदस्य विद्या भट्टराईले सरकारसँग माग गरेकी छन् । उनले मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै ४ वर्षदेखि रोकिएको सडक निर्माणको काम तत्काल सुचारु गर्न सरकारसँग माग गरेकी हुन् ।

‘स्थानीय तहका जनप्रतिनिधिहरुसहितको छलफलमा दाया बायाँ क्लियर गर्ने प्रतिवद्धता गरियो । तर, अहिलेसम्म भएको छैन । ४ वर्षदेखि रोकिएको सडक निर्माणको काम तत्काल सुचारु गर्नका लागि सरकार समक्ष ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले भनिन् ।

सिद्धार्थ राजमार्गअन्तर्गत बिरौटा छोरेपाटन सडकखण्डको १.८ किलोमिटर सडक निर्माणका लागि राम सागर विल्डर्सलाई ठेक्का प्रक्रिया अगाडि बढाइएको थियो । धुलाम्य सडक निर्माणमा भएका अवरोधले यहाँ बासिन्दा र विदेशी पर्यटकहरुको स्वस्थ समस्या र दैनिक कठिनाई भएको विषयमा पटकपटक ध्यानाकर्षण गराइएको र कुनै सुनुवाई नभएको सांसद भट्टराईले बताइन् ।

Advertisement

तपाईको प्रतिक्रिया