मुस्ताङमा लेंक लागेर भारतीय महिलाको मृत्यु

जोमसोम– मुस्ताङमा लेंक लागेर एक भारतीय महिलाको मृत्यु भएको छ ।भारतको लखनउ बस्ने ६९ वर्षीया महिला रिता मेहरोत्राको बुधबार लेंक लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
भारतको लखनउ देखि मुस्ताङको मुक्तिनाथ दर्शन गर्न आएकी महिलाको अल्टिच्युडका कारण श्वाशप्रश्वासमा समस्या देखिएपछि मुस्ताङ अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी गोपीकृष्ण सुवेदीले जानकारी दिए ।
पोखराबाट म्याग्दी हुँदै सडकमार्गबाट बलेरो जीपमा भारतीय टोली मुक्तिनाथ दर्शन जाने क्रममा पुथाङ एअरपोर्ट जोमसोमको एक होटलमा राती बाँस बसेका थिए । टोलीमा मृतकका आफन्त र छिमेकी थिए । लेक लागेर मृत्यु भएकी महिलाको शव परिवारलाई हस्तान्तरण भईसकेको र शव जोमसोममै अन्त्येष्टि गरिएको बताईएको छ ।
मुस्ताङको उच्चउचाईको क्षेत्रमा आउँदा अक्सर भारतीय पर्यटकलाई हाईअल्टिच्युडको समस्या देखिने गरेको पाईएको छ । उमेर पुगेका र स्वास्थ्यमा विभिन्न समस्या देखिएका पर्यटकलाई मुस्ताङमा अल्टिच्युडको समस्या देखिने गरेको प्रहरीको भनाई छ ।
चालु वर्षको फागुन देखि यता झन्डै आधा दर्जन भारतीय पर्यटकको लेंक लागेर मृत्यु भईसकेको छ ।







प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
‘संविधानबाहिरको सरकारलाई समर्थन मिल्दैन’
कास्की आइडलको दोस्रो चरणमा ३५ जना
ह्याङ्जाकोटको पर्यटन प्रवर्द्धनमा पैरवी
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया