घामपानीका सेयर सदस्यलाई मणिपालमा छुट

पोखरा ।
पोखरा ४ मा अवस्थित घामपानी बचत तथा ऋण सहकारीका सेयर सदस्यले पोखरा ११ स्थित मणिपाल शिक्षण अस्पतालमा उपचार गर्दा छुट पाउने भएका छन् ।
मंगलबार घामपानीका सदस्यलाई स्वास्थ्य उपचारका क्रममा छुट सुविधा उपलब्ध गराउने सम्झौतामा घामपानी साकोसको तर्फबाट प्रवन्धक रवीन्द्र तिवारी र मणिपाल शिक्षण अस्पतालको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल ओडुविलले हस्ताक्षर गरेका छन् ।
नयाँ वर्षको शुभकामनासहित सदस्यको सेवालाई अझ व्यापक र विस्तार गर्ने योजना अनुरुप सम्झौता भएको तिवारीले बताए ।
घामपानी साकोसका सदस्यले परिचयपत्रका आधारमा मणिपालमा उपचार गर्दा दर्ता शुल्कमा शतप्रतिशत, सामान्य बेडमा २५, नियमित जाँच तथा प्याथोलोजिमा १५, न्युरोसर्जरी तथा अति विशिष्ट सेवा बाहेकका अपरेसनमा १०, विशेष अनुसन्धानमा १० प्रतिशत छुट पाउने छन् । डाक्टरको परामर्शमा कुनै शुल्क लाग्ने छैन ।








रास्वपाद्वारा गण्डकी प्रदेशका समानुपातिक उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक
पोखरामा गीत सुनाउँदै धनबहादुर
पोखरा र माछापुच्छ्रेमा वृद्धाहरूको गहना लुटपाट : स्कुटर चढेर चोरी गर्ने गिरोहसहित ५ जना पक्राउ
फोहोरलाई मोहोरमा बदल्दै ९ सयलाई रोजगार दिने योजना
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया