फेकोफन स्याङ्जाको अध्यक्षमा तारा

पोखरा ।
सामुदायिक वन उपभोक्ता महासंघ नेपाल स्याङ्जाको छैटौं अधिवेशनले तारा शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । ४ वर्षे कार्यकाल रहेको सो समितिको उपाध्यक्षमा दीपेन्द्र गैरे, सचिव खगेन्द्र पौडेल, सहसचिव यज्ञप्रसाद पाठक, कोषाध्यक्षमा तिलकुमारी रेग्मी निर्वाचित भए ।
सदस्यहरुमा डिल्लीराम भण्डारी, गोकुलराना, बलराम गिरी, सञ्जु विश्वकर्मा, पर्वत आम्वा, सूर्यन्द्र प्रसाद रेग्मी, देवीकुमारी सिग्देल, नरेन्द्रबहादुर केसी बुद्धि विश्वकर्मा, सन्तोषी शाही, विमला खत्री, दीपेन्द्र सुवेदी, झंकनाथ सुवेदी, दुर्गा नेपाली, यदुराज उपाध्याय, केदारनाथ पौडेल, डिलमाया रेग्मी र सुमित्रा पौडेल छन् ।
सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय अध्यक्ष भारती पाठकले अधिवेशनको उद्घाटन गर्दै मुलुकमा वन पैदावार उपयोग गर्ने सहज नीतिको खाँचो औंल्याइन् । जिल्लासामुदयिक वन पैदावार निकासीमा कानुनी अड्चनको कारण हरियो वन समृद्धिको आधार बन्न नसकेको पाठकले प्रष्ट पारिन् ।
‘सामुदायिक वन उपभोक्ता महासंघ धर्म, विचार र भूगोलको हिसावले प्रतिनिधित्व गर्ने संगठन होइन’ उनले भनिन्, ‘वन क्षेत्रमा वहुमुल्य काठ, जडिबुटी कुहिएर खेर जाने र खरवौ रुपैयाको काठ आयात गर्ने प्रवृतिको अन्त्य हुनुको विकल्प छैन ।’
गण्डकी प्रदेश सभा सदस्य सुधीर पौडेलले महासंघ राजनीतिक परिवर्तनको पहिलो खड्किलो रहेको बताउँदै संरक्षण गर्नेले निर्वाधरुपमा उपयोग गर्ने नीतिको खाँचो औंल्याए ।
सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय सचिव ठाकुर भण्डारीले स्थानीय जनतालाई सर्वसुलभ तरिकाले वन पैदावार उपग गर्न डिभिजन र सबडिभिजन कार्यालयको अधिकारलाई स्थानीय तहमा हस्तान्तरण गरिनुको विकल्प नभएको बताए । कार्यक्रममा सामुदायिक वनका विभिन्न पदमा रहि कार्य सम्पादनका क्रममा स्थानीय र प्रदेशमा निर्वाचित जनप्रतिनिधिलाई सम्मानपत्रले सम्मान गरिएको थियो ।
महासंघ स्याङजाका अध्यक्ष दोवबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा आँधीखोजा गाउँपालिकाका अध्यक्ष विश्वराज पौडेल, फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम पौडेल, विरुवा गाउँपालिकाका अध्यक्ष सूर्य कुँवर, नेकाका सुरजकुमार अधिकारी, राप्रपाका पदम श्रेष्ठ, पत्रकार ओमप्रकाश शर्मा लगायतले सामुदायिक वनको महत्व र उपयोगीता बारेमा चर्चा गरे ।
अधिवशेनमा दोबबहादुर कार्कीले सांगठनिक र कोषाध्यक्ष सीता नेपालीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।








१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया