तनहुँ १ मा ४५ प्रतिशत मत खस्यो
समाधान संवाददाता
२०८० वैशाख १० गते १५:००

पोखरा ।
तनहुँ क्षेत्र नम्बर १ मा जारी उपनिर्वाचनमा दिउँसो ३ बजेसम्म ४५ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरि ढकालका अनुसार मतदान शान्तिपूर्ण रुपमा भइरहेको छ । प्रतिनिधिसभा सदस्यको लागि यहाँ उपनिर्वाचन भइरहेको हो ।
यस क्षेत्रमा १ लाख २३ हजार ३ सय ५ मतदाता छन् । बिहानैदेखि मतदाताको लाम ठूलो रहे पनि मध्याह्नपछि भने पातलिँदै गएको थियो । यहाँ ६९ मतदानस्थलमा १ सय ५२ मतदान केन्द्र छन् ।
बिहान ७ बजेदेखि सुरू भएको मतदान साँझ ५ बजेसम्म जारी रहनेछ।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले अब १५ प्रतिशतको हाराहारीमा खस्न सक्ने अनुमान गरिएको जानकारी दिए ।
सम्बन्धित
तपाईको प्रतिक्रिया