मुख्यमन्त्री माओवादीलाई नदिन कांग्रेस सांसद काठमाडाैंमा

पोखरा ।
गण्डकीमा एमाले नेतृत्वको सरकार ढलेसँगै नयाँ सरकार बनाउन गठबन्धनले पहल थालेका छन् । गठबन्धनका दलहरूबीच सरकारको नेतृत्व कसले गर्ने भन्नेबारे सहमति हुन नसक्दा गठन प्रक्रिया भने अघि बढ्न सकेको छैन । कांग्रेस र माओवादी दुवैले आफूले पहिले सरकारको नेतृत्व गर्न पाउनुपर्ने दाबी गर्दै आएका छन् ।
माओवादी केन्द्रको नेतृत्वमा सरकार बन्ने चर्चा चलेसँगै कांग्रेसका नेताहरू काठमाडौं पुगेका छन् । कांग्रेस गण्डकीका संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे आइतबार नै काठमाडौं पुगेका थिए । उनले पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर गण्डकीको नेतृत्व कांग्रेसले गर्न पाउनुपर्ने माग गरे ।
कांग्रेसका अरु सांसदहरू पनि काठमाडौं लागेका छन् । कोही आइतबार र कोही सोमबार काठमाडौं लागेका छन् । उनीहरूले ८ सीट भएको माओवादीलाई कुनैपनि हालतमा सरकारको नेतृत्व दिन नहुने जोड दिएका छन् ।
यहाँ माओवादीसँग आलोपालो सरकार चलाउने सहमति भएको कांग्रेसका नेताले बताएका थिए ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया