गण्डकीमा नयाँ सरकार गठन गर्न आह्वान
पोखरा ।
गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका छन् । मुख्यमन्त्री खगराज अधिकारीले वैशाख ९ गते सदनबाट विश्वासको मत पाउन नसकेपछि नयाँ सरकार गठन गर्न आह्वान भएको हो ।
प्रदेश प्रमुख गुरुङ नयाँ सरकार गठनका लागि आजदेखि ३ दिन अर्थात् वैशाख १४ गते दिउँसो ४ बजेसम्मको समय दिएका छन् । नेपालको संविधानको १६८ को उपधारा २ अनुसार सरकार गठन गर्न आह्वान गरेका हुन् ।
उक्त उपधारा अनुसार प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा प्रदेश सभा सदस्यले मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेश प्रमुख गुरूङले आह्वान गरेका छन्।एमाले नेतृत्वको अधिकारी सरकार पनि यही धारा अनुसार गठन भएको थियो ।
६० सदस्यीय प्रदेश सभामा सरकार बनाउन ३१ जना भए बहुमत पुग्छ। प्रदेश सभामा नेपाली कांग्रेसको २७, माओवादी केन्द्रको ७, एमालेको २२, एकीकृत समाजवादीको एक, राप्रपाको २ सांसद रहेका छन् ।










फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
चुनाव आउन ७२ दिन बाँकी : सरकारी तलब खाने र पीआरधारी समानुपातिक उम्मेदवार बन्न अयोग्य
प्रतिभा माविले जित्यो १८औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि
पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया