हङकङ बजारका व्यवसायी आन्दोलित

पोखरा ।
कृषि सामग्री कम्पनी लिमिटेडले अस्वभाविक रुपमा भाडा बढाउने गरी टेन्डर आह्वान गरेको भन्दै पोखरा ९ स्थित पोखरा हङकङ बजारका स्वरोजगार व्यवसायी आन्दोलनमा उत्रिएका छन् । व्यापारीले पोखरा महानगरपालिका तथा कृषि सामग्री कम्पनी प्रादेशिक कार्यालयमा धर्ना कार्यक्रम तय गरेको हङकङ बजार व्यवस्थापन समिति अध्यक्ष कृष्णकुमारी गुरुङले जानकारी दिइन् ।
उनले हङकङ बजारका स्वरोजगार व्यवसायीले बिहीबार पोखरा महानगरपालिकाको कार्यालय र शुक्रबार कृषि सामाग्री कम्पनीको कार्यालयमा धर्ना दिन लागेको बताइन् । समितिका पूर्व अध्यक्ष दिलीपकुमार सुनारले कृषि सामग्री कम्पनी लिमिटेडले आफ्नो स्वामित्वको जग्गा न्यूनतम भाडादर १२ लाख १५ हजार कायम गरी टेन्डर प्रक्रियाअघि बढाएको विरोधमा आन्दोलन गरेको बताए ।
कृषि सामग्री कम्पनी लिमिटेडले ४ सय प्रतिशत भाडा बढाउने गरी टेन्डर आह्वान गरेपछि फेरि फुटपाथमा आउन बाध्य नपार्न व्यवसायीको चेतावनी
लिमिटेडको प्रादेशिक कार्यालयको पछाडिपट्टि रहेको ७ रोपनी जग्गा मौजुदा अहिलेको भन्दा ४ सय प्रतिशतले बढाएर बोलपत्र आह्वान भएको छ । सो जग्गा यसअघि भाडामा लिई बजार सञ्चालन गरिरहेका नन्दप्रसाद तिवारीका छोरा मिलनप्रसाद तिवारीले लिमिटेडलाई मासिक २ लाख २४ हजार ५ सय १० रुपैयाँ तिर्दै आएका थिए ।
‘करार अवधि २०७८ माघ २९ गते सकिएपछि अस्वभाविक तथा असन्तुलित रुपमा ४ सय प्रतिशत भाडा बढाउने गरी टेन्डर गरिएको छ,’ उनले भने, ‘जसका कारण साबिकको न्यूनतम भाडा तिर्न नसकेर करिब ४० व्यवसायी विस्थापित भएको अवस्थामा पछिल्लो निर्णयले सबैलाई असर पर्ने देखिन्छ ।’
उनले पोखराका सबै फुटपाथका व्यवसायीको वैकल्पिक व्यवस्थापनका लागि हङकङ बजारको स्थापना गरिएको स्मरण गरे ।
उनले ठेकेदारी प्रथा तथा बिचौलिया हाबी हुँदा त्यहाँका सबै स्वरोजगार व्यवसायी सडकका फर्कने अवस्था आएको जनाए ।
समिति अध्यक्ष कृष्णकुमारीले नयाँ विचौलिया प्रवेश गराएर पुनः फुटपाथमै फर्कने अवस्था आउन नदिनसंघर्ष गर्न लागेको बताइन् । ‘साना व्यापारीलाई नलगाऊ छेउ, उचित भाडादर कायम गरी, गरी खान देऊ’ भन्ने नाराका साथ स्वरोजगार व्यवसायी आन्दोलनमा छन् ।
सो जग्गामा हाल ३ सय १० स्टल र जग्गासँगै रहेको उत्तरतर्फको पोखरा उपत्यका नगर विकास समितिको करिब ३ रोपनी जग्गामा ५३ स्टल छन् । दुवैतर्फ गरी १० रोपनी खाली जग्गामा ४ सय ३ सटर रेखांकन गरी हङकङ बजार सञ्चालन हुँदै आएको छ ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया