कांग्रेस नेता पाण्डे मुख्यमन्त्री नियुक्त, सपथ भोलि शुक्रबारमात्र

पोखरा ।
गण्डकी प्रदेशमा मुख्यमन्त्री दाबी गरेका नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डेलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आज बिहीबारै मुख्यमन्त्री नियुक्त गरे । तर नवनियुक्त मुख्यमन्त्री पाण्डेको सपथ भने भोलि शुक्रबार गराउने भएका छन् ।
पाण्डेले बुधबार माओवादीसमेतको समर्थनमा मुख्यमन्त्री दाबी गरेका थिए। संविधानको धारा १६८ को उपधारा २ बमोजिम २ वा २ भन्दा बढी दलको समर्थनमा सरकार गठनका लागि १४ गते ४ बजेभित्रको समय सीमा दिएर प्रदेश प्रमुखले आह्वान गरेका थिए ।
६० सदस्यीय गण्डकी प्रदेश सभामा कांग्रेसका २७, एमालेका २२, माओवादीका ८, राप्रपाका २ र १ स्वतन्त्र सांसद छन् । कांग्रेस र माओवादीका सांसदको समर्थन लिएर पाण्डेले मुख्यमन्त्री दाबी गरेका थिए । बहुमत सांसदको दाबी अनुसार प्रदेश प्रमुख पाण्डेलाई प्रदेश प्रमुख गुरुङले बिहीबार ४ नबज्दै मुख्यमन्त्री नियुक्त गरेका हुन् ।








निर्वाचन ७८ दिन बाँकी : चुनाव प्रचारमा १० वटा मात्रै झण्डा, घरदैलोमा २५ जनाभन्दा बढी जान नपाइने
पोखरा महानगरले आज ६७औँ स्थापना दिवस मनाउँदै, ९ जनालाई ‘नवरत्न’ सम्मान
पोखरा विमानस्थल आयोजना प्रमुख मुनकर्मीविरुद्ध भ्रष्टाचार मुद्दा, साढे २ करोड बिगो दाबी
फेदीमा दोभान कप सुरु
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया