गण्डकीमा नयाँ सरकारकाे सकस
एक जना महिला मन्त्रीसहित सपथ लिने मुख्यमन्त्रीकाे तयारी, काे बन्दैछ मन्त्री ?

पाेखरा ।
माओवादी केन्द्रलाई आजै सरकारमा सहभागी गराउने गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेकाे प्रयास असफल भएकाे छ । त्यसलै आज उनले एक जना मन्त्रीसहित सपथ खाने भएका छन् ।
नेपाली काग्रेस श्राेतका अनुसार मन्त्रालय भागबण्डा र मन्त्रीहरुकाे नाम टुङ्गाे नलागेका कारण उनले आज कांग्रेसबाट पनि एक जनालाई मात्रै सपथ खुवाउने भएका छन् ।
लमजुङका टकराज गुरुङ मन्त्री बन्ने पक्का जस्ताे भएकाे दावी गरिएपनि आज उनलाई समेत सपथ नखुवाइने भएकाे छ । आज एक जना महिला सांसदलाई मात्र मन्त्री बनाइने मुख्यमन्त्री निकट श्राेतले दावी गर्याे ।
मन्त्री बन्ने दाैडमा ३ जना महिला सांसद अघि छन् । कास्कीकी सरस्वती गुरुङसहित चम्पादेवी खड्का र सरस्वति अर्याल मन्त्रीकाे दाैडमा छन् । यी मध्ये चम्पादेवी खड्का र सरस्वति अर्याल केन्द्रीय सदस्य भएकाले यी मध्येबाट एक जनाले आज सपथ लिने मुख्यमन्त्री निकट श्राेतले बताएकाे छ ।








फेदीमा दोभान कप सुरु
‘सृजना कप’ विद्यालयस्तरीय भलिबलको तयारी
पुस ३ गतेदेखि हिसान स्पोर्ट्स मिट
लजी लन्ड्री लाउन्ज सञ्चालनमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया