मुख्यमन्त्री पाण्डेले २१ गते विश्वासको मत लिने
समाधान संवाददाता
२०८० वैशाख १७ गते १७:३९

पोखरा ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले २१ वैशाखमा विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री पाण्डेले २१ गते आफूले विश्वासको मत लिने जानकारी दिएका छन् ।
प्रदेश प्रमुख पृथ्वीमान गुरुङले २१ वैशाखको दिउँसो २ बजे प्रदेशसभाको अधिवेशन आह्वान गरेका छन् ।
प्रदेश प्रमुख गुरुङले पाण्डेलाई १४ गते मुख्यमन्त्री नियुक्त गरेका थिए भने १५ गते विना विभागीय २ मन्त्री सुशीला सिंखडा र सरस्वती अर्यालसहित शपथ लिएका थिए ।
कांग्रेसका २७, नेकपा माओवादीका ७ र राजीव गुरुङ ‘दीपक मनाङे’ गरी ३५ जना सांसदको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।
सम्बन्धित









पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया