जनजाति महिला सशक्तीकरण कार्यक्रम सम्पन्न

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर १४ को आयोजनामा ५ दिने जनजाति महिला सशक्तीकरण कार्यक्रम सम्पन्न भएको छ । पोखरा महानगरका वडा न १४ का वडा अध्यक्ष बोध बहादुर कार्कीको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।
उनले महिलाहरुलाई समाजमा अग्रसर बनाउन जनजाति, दलित र अन्य जातिका महिला सशक्तीकरण कार्यक्रम आयोजना गरिएको जानकारी दिए । वडाअध्यक्ष कार्कीले महिलाहरुलाई आत्मनिर्भर बनाउन व्यवसायमुखी तालिममा पनि जोड दिनुपर्ने बताएका छन् ।
वडा सदस्य दिलमाया गुरुङले ५ दिने तालिम महिला सशक्तीकरणको लागि निकै प्रभावकारी भएको बताइन । उनका अनुसार सहभागी जनजाति महिलाहरु अबका दिनहरुमा हरेक कार्यक्रममा अग्रसर भएर नेतृत्व लिन सक्ने सक्षम हुनेछन् ।
तालिममा ८० जना जनजाति महिलाको सहभागिता रहेको आयोजकले जनाएका छ । कार्यक्रममा महिला अधिकार र न्यायको बारेमा जानकारी प्रशिक्षण दिइएको थियो । तालिममा सहभागि जनजाति महिलाहरु आफूहरुले तालिमबाट आत्मनिर्भर बनाउन यो तालिमले धेरै कुरा सिकाएको बताउँछन् ।







भारतीय टोलीद्वारा पर्वत र बागलुङको धार्मिक यात्रा : धार्मिक पर्यटन प्रवर्द्धनमा जोड
समानुपातिक सिटको नयाँ आधार तय : खस–आर्यको हिस्सा घट्यो, मधेशी र मुस्लिमको बढ्यो
लोक–रकबाट नेपाली पहिचान उचालेका अमृत गुरुङ पोखरा रत्न
लेखनाथका समाजसेवी उद्यमी चन्द्रकृष्ण कर्माचार्य पोखरा रत्न
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया