‘आदिवासीमा राजनीतिक चेतना जरुरी’

पोखरा ।
नयाँ वर्ष २०८० को सन्दर्भमा आदिवासी जनजाति कलाकारको छाता संगठन आदिवासी जनजाति कलाकार महासंघ नेपाल, गण्डकी प्रदेश समितिले शुभकामना आदानप्रदान तथा चियापान आयोजना गरेको छ ।
कार्यक्रममा गण्डकी प्रदेश सभाका सदस्य राजकुमारी भुजेलले कलाकारले आदिवासी जनजातिको मौलिक कला तथा संस्कृतिको जगेर्ना गर्नुपर्ने बताइन् । ‘आदिवासी जनजातिको राज्यका निकाय तथा राजनीति नेतृत्वमा प्रतिनिधित्व कमी छ,’ उनले भनिन्, ‘कलाकारले आदिवासी, जनजातिलाई राजनीतिक रुपमा सचेत र संगठित बनाउन ध्यान दिनुपर्छ ।’ उनले आदिवासी जनजाति राजनीति रुपमा सचेत र संगठित भए राजनीतिक क्षेत्रमा प्रतिनिधित्व बढ्ने उल्लेख गरिन् ।
तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले आदिवासी जनजाति कलाकारको गतिविधिका लागि सधै सहयोग गर्ने बताए ।
कार्यक्रममा आदिवासी जनजाति कलाकार महासंघ नेपालका सल्लाहकारलाई स्वागत गर्नुको साथै आजीवन सदस्यलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा नेपाल आदिवासी जनजाति महिला महासंघ गण्डकी अध्यक्ष दिलमाया गुरुङ, नेपाल भलिबल संघका उपाध्यक्ष यामबहादुर गुरुङ, तमु सञ्चारकर्मी संघ नेपालका उपाध्यक्ष खीमा गुरुङ, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेश समितिका सचिव रामजी पौडेल, आदिवासी जनजाति कलाकार महासंघ नेपाल, गण्डकी प्रदेशका अध्यक्ष शंकरविरही गुरुङ, प्रथम उपाध्यक्ष करण तामाङ, महासचिव सुरेन्द्र गुरुङले आदिवासी जनजातिको मौलिक कला र संस्कृतका बारेमा बोलेका थिए ।








पोखराबाट भारतीय सहरमा सिधा उडान भर्न मुख्यमन्त्रीको आग्रह
जलविद्युत् आयोजनाले गाउँ धुलाम्मे : हरियाली वनपाखा र बगैंचाभरि धुलो, स्थानीयलाई सास्ती
राजनीतिक स्थिरता नभए मुलुकमा संकट निम्तने मुख्यमन्त्री पाण्डेको चेतावनी
चुनाव आउन ७६ दिन बाँकी : समानुपातिक सिटको प्रतिशत हेरफेर गर्न अध्यादेश सिफारिस
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया