वंशावली बनाउन देशैभरका पहारीहरु पोखरामा

पोखरा ।
देशै भरका पहारीहरु पोखरामा जम्मा भएका छन् । पहारी कुल संरक्षण समिति कास्की पोखराले आइतबार आयोजना गरेको वंशाबली तयारीसम्बन्धी कार्यक्रममा सहभागी हुन उनीहरु पोखरामा भेला भएका हुन् ।
पहारीको वंश पानी पोखरेलसँग जोडिन गएको बारेमा वंशावलीमा उल्लेख भएकाले पहारी र पोखरेलका बारे बुझाउन कार्यक्रम आयोजना गरिएको हो । अध्ययनका क्रममा पहारीहरुको उद्गम थलो दैलेख जिल्लाको दुल्लु भएको बताइन्छ । अहिले पोखराको लेकसाइड पहारीहरुको मुख्य बसोबास स्थल हो ।
कार्यक्रममा भाषा वैज्ञानिक, लेखक समालोचक तथा प्रध्यापक डाक्टर माधवप्रसाद पोखरेलले प्रकाशित बंशवलीका प्रमाणलाई आधार मान्दा पहारी र पोखरेलका आदि पुरुष एउटै भएको दाबी गरे । उनले काशीदास जोशी नै पहारी र पोखरेलका पुर्खा रहेको उनले जनाए ।
पोखरेलले कुनै पनि बंशाबली आधार र प्रमाण बिना तयार नहुने बताउँदै आफ्ना पुर्खाको थातथलोको बारेमा गहन अध्ययन गरेरमात्र बंशाबली प्रकाशित हुने गरेको सुनाए । पछिलो समय समाजमा अग्रजहरुको सम्मान हराउँदै गएको बेला पहारी बन्धुहरुले कुलपितृको नाममा मन्दिर निर्माण गुर्न स्तुत्य रहेको उनको भनाइ छ ।
कार्यक्रममा पहारी कुल संरक्षण समिति कास्कीका अध्यक्ष गोविन्दराज पहारीले पहिलो पटक पहारी बंशावली तयार गर्ने अभियानअघि बढेकोमा खुसी व्यक्त गरे । प्राडा रामचन्द्र पोखरेलले अवधारणापत्र प्रस्तुत गर्दै पहारी र पोखरेलको वंशाबली अध्ययन गर्दा धेरै कुरा मिल्ने सुनाए ।
धरानका विष्णुभक्त पोखरेलले कुलको उद्धार गुर्न सबैको कर्तव्य भएको बताए । पोखरेल राष्ट्रिय प्रतिष्ठानका महासचिव फडिराज पोखरेलले पुराना पुस्तालाई एकरुपतामा ल्याउन बंशावलीले सहयोग पुग्ने बताए ।
गण्डकी प्रदेशसभा सदस्य देवका पहारीले वंशावली भावी पुस्तालाई समेत अध्ययनका लागि उपयोगी हुने बताइन् । कार्यक्रममा गण्डकीका पूर्व सांसद राजीव पहारी, पाल्पाका प्रमोद सिँह पहारी, सिन्धुली पहारी बंशाबलीका कोषाध्यक्ष वेदनाथ पहारी, कुल संरक्षण समितिका सहकोषाध्यक्ष तथा बंशावली प्रकाशन समिति संयोजक प्रेमराज पहारी, सचिव जगतबहादुर पहारीले ठूलो मिहिनेतका साथ बंशावली तयारी सुरु भएकाले सबैलाई साथ र सहयोग गर्न आग्रह गरे ।








मनोहर युवा क्लबद्वारा तेस्रो खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने
राष्ट्रिय सभा निर्वाचन : सात प्रदेशमा तोकिए मतदान स्थल
पोखरा महानगरले बाँड्यो ‘नवरत्न सम्मान’, अमृत गुरुङदेखि तीर्थ श्रेष्ठसम्म सम्मानित
पश्चिम पृतनाको कमान्ड सम्हाल्न उपरथी थापा पोखरा आउँदै
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया