स्याङ्जाका धनराज गुरुङ भए कानुन मन्त्री, नवौंपटक मन्त्रिपरिषद् विस्तार हुँदा पनि अपुरै

पोखरा ।
पहिलोपटक प्रत्यक्ष निर्वाचनमार्फत प्रतिनिधि सभा सदस्य बनेका स्याङ्जाका धनराज गुरुङ कानुन मन्त्री भएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद विस्तार गर्दै गुरुङलाई कानुनको जिम्मेवारी सुम्पिएका हुन् ।
कानुन मन्त्री नियुक्त भएका धनराज कांग्रेसको उपसभापति हुन् भने उनले स्याङ्जा २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए। गुरूङ गत महाधिवेशनमा शेखर कोइराला समूहबाट उपसभापति बनेका थिए।
राष्ट्रपति रामचन्द्र पौडेलले धनराज गुरूङलाई कानुन, मोहनबहादुर बस्नेतलाई स्वास्थ्य र डिगबहादुर लिम्बुलाई युवा तथा खेलकुद मन्त्रीमा बुधबार नियुक्त गरेका छन्।
नयाँ मन्त्रीहरूको शपथ भने बिहीबार अपरान्ह ३ बजे हुनेछ।
आजको मन्त्रिपरिषद बिस्तारपछि पनि मन्त्रिपरिषदले पूर्णता भने पाउन सकेको छैन। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो पटक गत वैशाख ३ गते आठौँ पटक मन्त्रिपरिषद् विस्तार गरेका थिए।
आठौँ पटकको विस्तारमा कांग्रेस सांसद एनपी साउदलाई परराष्ट्रमन्त्री र नेकपा एकीकृत समाजवादीका सांसद नन्दा चपाईंलाई भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नियुक्त गरे। त्यसअघि उनले चैत १७ गते कांग्रेसका तर्फबाट चारजनालाई मन्त्री नियुक्त गरेका थिए।
बुधबार मन्त्री नियुक्त भएका गुरुङ र लिम्बू कोइराला समूहका नेता हुन् भने बस्नेत संस्थापन पक्षका नेता हुन् । यसअघि गठबन्धनमा कांग्रेसले ८ मन्त्रालय पाउने सहमति भएपछि नेता कोइराला समूहले त्यसमध्ये तीन मन्त्री पाउनुपर्ने दाबी गर्दा मन्त्रिपरिषद् विस्तार रोकिएको थियो ।
पहिलो चरणमा चारै जना सभापति शेरबहादुर देउवा पक्षबाट मन्त्री बनेका थिए । पछि देउवानिकट एनपी साउद परराष्ट्रमन्त्री भए । तर ढिला गरी मन्त्रिपरिषद् विस्तार गराएपनि देउवाले ८ मध्ये ६ मन्त्री आफ्नो समूहबाट बनाएर कोइराला पक्षलाई दुई वटा मन्त्रालयमै सीमित गरेका छन् ।
इतर समूहले तीन मन्त्री नपाए सरकारमा नजाने अडान राखेपछि कांग्रेसबाट मन्त्री पठाउँन ढिलाई भएको थियो। शेखर कोइराला र गगन थापा समूहले तीन मन्त्रालय नपाएर सरकारमा नजाने अडान लिएपछि देउवाले पार्टीभित्रै व्यवस्थापनमा समस्या परेको थियो ।
दुई मन्त्रालय भागमा परेको जसपाले शिक्षा मन्त्रालयमा अशोक राईलाई पठाएपनि वन तथा वातावरण अझै खाली छ । जनमतका अब्दुल खानले राजीनामा दिएपछि खानेपानी मन्त्रालय पनि प्रधानमन्त्रीको काँधमा छ। नवौं पटक मन्त्रिपरिषद् विस्तार गर्दा पनि प्रधानमन्त्रीले सरकारलाई पूर्णता दिन सकेनन् ।









सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
भद्रकाली माविलाई सत्य युवा क्लबको सहयोग
गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले गर्यो स्वागत
रिभानमा एक्यापको ३९औँ वार्षिकोत्सव, कृषि प्रदर्शनी र संरक्षणकर्मीलाई सम्मान
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया