शरणार्थी प्रकरणको प्रतिवेदन सार्वजनिक गर्न माग

समाधान संवाददाता २०८० वैशाख २५ गते १०:३५

काठमाडौं ।
राष्ट्रियसभाको आइतबारदेखि सुरु भएको १४ औं अधिवेशनको पहिलो बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले नक्कली भुटानी शरणार्थी प्रकरणका सम्बन्धमा गठित छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ ।

एमाले सांसद देवेन्द्र दाहालले नक्कली भुटानी शरणार्थीसम्बन्धी हल्ला बन्द गरी छानबिनका लागि गठन भएको प्रतिवेदन सार्वजनिक गर्न माग गरे । एमाले सचिवसमेत रहेका पूर्वमन्त्री टोपबहादुर रायमाझीसमेत यो काण्डमा मुछिएपछि राजनीतिक रुपमा यसले तरंग सिर्जना गरेको छ । रायमाझी केही दिनदेखि सम्पर्कविहीन बनेका छन् ।

विपक्षलाई साथमा लिएर जाने भनेको प्रजातन्त्रको सुन्दर पक्ष भएको बताउँदै सदस्य दाहालले अर्थतन्त्र र देशको समग्र समस्या सम्बोधन गर्न प्रतिपक्षसँग बस्ने वातावरण नभएको गुनासो गरे । उनले भने, ‘विधेयक अधिवेशन भए पनि अघिल्लो अधिवेशन त्यतिकै खेरा गयो, कुनै विधेयक पास हुन सकेन ।

Advertisement

सरकार गठन र फेर बदलमै बित्यो । देशमा गठबन्धनले विकृति ल्यायो । एमाले विरुद्ध गरिएको गठबन्धनले देशलाई अनिर्णय बन्दी बनाइएको छ ।’

देशको बिग्रदो अर्थतन्त्रलाई सम्बोधन गर्ने खाका ल्याउन वर्तमान सरकारको ल्याकत नरहेको आरोप लगाउँदै नेता दाहालले भने, ‘जनताको पनि उत्पादनमा भन्दा उपभोगमा मात्र ध्यान गएको छ । सरकार पनि उद्योगधन्दा र रोजगारी सिर्जना गर्नमा सरकार उदासिन छ ।’

Advertisement

तपाईको प्रतिक्रिया