मुस्ताङमा सुरु भयो ट्राफिक सप्ताह

समाधान संवाददाता २०८० वैशाख २५ गते १५:१६

जोमसोम—हिमाली जिल्ला मुस्ताङमा बाजागाजासहित एक हप्ते ट्राफिक सप्ताह सुरु भएको छ । सडक तथा सवारी दुर्घटना न्यूनिकरणका लागि गण्डकी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको निर्देशनमा गण्डकी प्रदेश स्तरीय ट्रफिक सप्ताह २०८० को घोषित कार्यक्रमलाई व्यवस्थित एवं प्रभावकारी तवरले मनाउने शिलशिलाको पहिलोदिन मुस्ताङमा «ट्रफिक सप्ताह’ भव्यताका साथ शुभारम्भ गरिएको हो ।

Advertisement

गण्डकी प्रदेश स्तरीय ट्राफिक सप्ताह अन्र्तगत जिल्ला प्रहरी कार्यालय मुस्ताङ र जिल्ला ट्राफिक कार्यालयको आयोजनामा सप्ताहको पहिलोदिन मुस्ताङको घरपझोङ गाउँपालिका—३ पुथाङ एअरपोर्टमा बाँजागाजासहित निस्किएको प्रभातफेरीले जोमसोम बजार परिक्रमा ग¥यो ।

बढ्दो सवारी दुर्घटना न्यूनिकरणका लागि जिल्ला स्थित सरोकावाला र आम नागरिक सचेत रहौं,ट्राफिक नियमको सबैले पालना गरौं भन्ने उद्घोषसहित जिल्ला समन्वय समितिकी प्रमुख माया गुरुङ,घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचन,प्रजिअ अनुप केशी र प्रहरी नायव उपरिक्षक रविन्द्रनाथ पौडेल,नेपाली सेना,सशस्त्र प्रहरी,नेपाल प्रहरी,जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधि,नागरिक समाज,क्लव,महिला समुहविभिन्न जिल्ला स्थित संघसंस्थाका प्रतिनिधि,सवारी धनी तथा चालक, विद्यार्थी,पर्यटन व्यवसायी र पत्रकार सम्मिलित टोलीको प्रभातफेरीले प्रभातफेरी गर्दै समुद्घाटन सभामा परिणत भएको थियो ।
मुस्ताङमा ट्राफिक सप्ताहको उद्घाटन गर्र्दै जिसस प्रमुख माया गुरुङले सडक अनुसाशन र सवारी दुर्घटना कम गर्न सबै नागरिक सचेत रहनु पर्ने बताईन् ।उनले मुस्ताङमा पनि पर्यटकीय तथा धार्मिक जिल्ला भएकाले सवारी साधन आउने क्रममा वृद्धि भईरहेको र सडक सुगम हुँदै गर्दा लापारवाहीका कारण दुर्घटना बढ्न सक्ने उल्लेख गरिन् । दुर्घटना न्यूनिकरण गर्न सवारी मापदण्ड,सडक अनुशासन र ट्रफिक नियममा उल्लेख गरिएका कुराहरुलाई अनुशरण गर्नुपर्ने सुझाईन् ।घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले ट्राफिक व्यवस्थापनका लागि बसपार्क स्रोन्नति गरी सञ्चालन गर्ने स्थानीय तहको तयारी भईरहेको जानकारी दिए । ‘अहिले सडक निर्माणको क्रममा रहेको र सडक साँघुरो रहेको छ,’अध्यक्ष लालचनले भने, सडकमै पार्किङ गरी सवारी राखिदा असहज भद्धा देखिएको छ, यसलाई चाँडै नियन्त्रण गर्न बसपार्क संञ्चालन गर्ने योजनामा छौं ।’
प्रजिअ केशीले मुस्ताङमा ट्राफिक व्यवस्थापन तथा दुर्घटना हुन नदिन कडा निगरानी र सचेतनाका कार्यक्रमलाई प्रभावकारी बनाईने जनाए । प्रहरी नायव उपरिक्षक रविन्द्रनाथ पौडेलले सवारी दुर्घटना न्यूनिकरण गर्न प्रहरी सचेत रहेको बताए । उनले म्याग्दी र मुस्ताङको सीमाना घाँसा,जोमसोम,कागबेनी र मुक्तिनाथमा ट्राफिक खटाईने गरिएको अन्य चेकपोस्टमा पनि सवारी चालक र सवारीको नियमिति चेकजाँच हुने गरेको बताए ।

गण्डकी प्रदेश स्तरीय ट्राफिक सप्ताह २०८० अन्तर्गत मुस्ताङको थासाङ—२ कोवाङमा चालक ,सहचालक र पैदलयात्रीहरुलाई ट्राफिक साक्षरताका साथै सडक क्रस गर्दा बाटो काट्ने तरिका लगायतका बिषयमा जानकारी दिईने छ।यसैगरी मुस्ताङको घाँसामा चालक तथा सहचालकहरुलाई स्वास्थ्य परीक्षण गरिने ,ग्रामिण भेकका चालक र सहचालकलाई वारागुङ मुक्तिक्षेत्र—१ मुक्तिनाथमा ट्राफिक नियम सम्वन्धि प्रशिक्षण दिईने र मुस्ताङको जोमसोम स्थित नेपाली सेना , सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई जनचेतनामूलक शिक्षाको बिषयमा प्रशिक्षण दिने कार्यक्रम रहेको जिल्ला ट्राफिक कार्यालय मुस्ताङले जनाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया