पद्म नर्सिङ होममा क्यान्सरको सफल शल्यक्रिया

समाधान संवाददाता २०८० वैशाख २६ गते १०:३५

पोखरा ।

Advertisement

पद्म नर्सिङ होम पोखरामा पहिलोपटक क्यान्सरको शल्यक्रिया सफल भएको छ । अन्य अप्रेसनभन्दा पेटमा रहेको क्यान्सरको अप्रेसनमा ग्रन्थीसहित क्यान्सर फाल्नुपर्ने र उक्त कार्य निकै जटिल हुने भएकाले त्यहाँका शल्य चिकित्सकले ८ घण्टा लामो समय लगाएर ५१ वर्षीय पुरुषको पेटमा रहेको क्यान्सरको सफल शल्यक्रिया गरेका हुन् ।

पद्म नर्सिङ होमका पेट कलेजो, आन्द्रा तथा प्याङक्रियाज रोग शल्य चिकित्सक सुजन गौतमको टिमले पुरुषको पेटमा रहेको क्यान्सरको सफलतापूर्वक शल्यक्रिया गरेको हो । कुनै पनि क्यान्सरको शल्यक्रिया गर्दा माध्यमबाट रगत बहने नसाको छेउछाउमा रहेर शल्यक्रिया गर्नुपर्ने भएकाले निकै जटिल हुने डा गौतमले बताए । उनले कौशलता पूर्वक क्यान्सर निकाल्नुपर्ने भएकाले ८ घण्टामा सफल शल्यक्रिया गरेको बताए ।

पोखरामा नै पहिलोपटक निजी हस्पिटलबाट उक्त सेवा प्रदान गर्न पाउदा निकै खुसी लागेको डा. गौतमले सुनाए । ‘८ घण्टा लामो समय लगाएर बिरामीलाई शल्यक्रिया गराई ७ दिनमा नै डिस्चार्ज गर्न पाउँदा खुसी लागेको छ,’ उनले भने ।

खाना खान नसक्ने अवस्थामा हस्पिटल भर्ना भएको बिरामीलाई ७ दिनमै घर पठाउन पाउदा आफ्नो टिम निकै हौसिएको डा गौतमले उल्लेख गरे । पोखरामा नै यस्ता जटिल प्रकारका क्यान्सरका बिरामीले समेत उपचार पाउने भएकाले अब काठमाडाैं चितवन जानुपर्ने समस्या नरहने उनको भनाइ छ । डा सुजनको टिममा डा सुशील सुवदी, एनेस्थेसिया डा अनिल न्यौपाने र डा वसन्त कोइरालसँगै ओटी नर्स लक्ष्मीदेवी शर्मा लगायत थिए ।

Advertisement

डा सुवेदीले विगत २८ वर्षअघि पोखरामा खुलेको पद्म नर्सिङ होमले पोखराको नदीपुरबाट सञ्चालनमा आएसँगै पहिलोपटक क्यान्सर रोगको सफल शल्यक्रिया गरी बिरामीहरुलाई हौसला प्रदान गरेको होमकी अध्यक्ष इन्दिरा शर्मा बताइन् ।

२८ वर्षदेखि पोखराको न्युरोडमा भाडाको भवनमा सञ्चालनमा रहेको पोखराको पहिलो निजी अस्पताल पद्म नर्सिङ होम प्रालि गत असोजदेखि पोखरा ३, नदीपुरस्थित आफ्नै सुविधा सम्पन्न भवनबाट सञ्चालनमा आएको छ ।

हस्पिटलमा २४ सै घण्टा आकस्मिक सेवा, मुटु तथा मेडिकल, जनरल सर्जरी, आँखा सम्बन्धी रोग, हाडजोर्नी तथा नशा रोग, नाक, कान घाँटी सम्बन्धी रोग, बालरोग, स्त्रीरोग, छाला तथा एलर्जी, बाल दन्तरोग, नसा तथा मानसिक रोग लगायत बहिरंग (ओपिडी) सेवा सञ्चालनमा छन् ।

अत्याधुनिक प्रयोगशाला, सबै प्रकारका अप्रेसन सेवाहरु, आइसियु, एनआइसियु, एक्सरे, भिडिओ एक्सरे, इन्डोस्कोपी, कोल्नोस्कोपी, इकोकार्डियोग्राफी, एलर्जी परीक्षण एवं स्किन लेजर सर्जरी लगयत सेवाहरु पनि सञ्चालनमा छ ।

तपाईको प्रतिक्रिया