‘जेठो पत्रिकाले जेठै भूमिका निभाओस्’

पोखरा ।
गण्डकी प्रदेशका मन्त्री तथा प्रवक्ता सरस्वती अर्याल तिवारीले गोरखापत्र आफैंमा अब्बल जिम्मेवारी बोकेको पत्रिका भएको उल्लेख गरेकी छन् । गोरखापत्र प्रकाशनको १ सय २३ वर्ष प्रवेश र गोरखापत्र संस्थानको ६१ औं वार्षिकोत्सवको अवसरमा प्रदेशस्तरीय कार्यालय पोखराले आयोजना गरेको ‘नेपाली पत्रकारितामा गोरखापत्र’ विषयक अन्तरक्रियामा मन्त्री अर्यालले यस्तो जनाएकी हुन् ।
तिवारीले गणतन्त्र र लोकतन्त्र स्थापना गर्नका लागि पनि पत्रिकाले ठूलो योगदान दिएको उल्लेख गरिन् । ‘देशकै जेठो पत्रिका कहिले हारेर हुन्छ कि या जितेर हुन्छ, सधै जेठो भूमिका निभाउनु सकोस्,’ उनले भनिन् । लामो इतिहास बोकेको गोरखापत्रले समय र प्रविधिसँगै फड्को मार्नुपर्ने उनको सुझाव छ ।
‘अझै व्यवस्थित र परिमार्जित हुन जरुरी छ । अर्को वर्षमा प्रवेशसँगै नयाँपनको पनि प्रारम्भ हुनपर्छ,’ उनले भनिन् । प्रवक्ता अर्यालले गण्डकी प्रदेशमा सञ्चार विधेयक ऐन नबनेको हुँदा त्यसको बारेमा विज्ञहरुसँग बसेर छलफल गरिने उल्लेख गरिन् ।
प्रेस स्वतन्त्र सेनानी तथा नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष नारायण कार्कीले सरकारले सञ्चारमाध्यम सञ्चालन गर्नुभन्दा पनि पूर्ण स्वयत्तता दिनुपर्ने सुझाव दिए । उनले पूर्ण स्वयत्तको अभ्यासको सुरुवात गर्न सके मिडिया व्यवसायिक बन्न सक्ने विचार राखे ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिमिल्सिना पंगेनीले भाषाको आधिकारिक सञ्चारमाध्यम गोरखापत्र बनेको जनाइन् । उनले समयको माग र प्रविधिको गतिसँगै रुपान्तरण हुन जरुरी भएको उल्लेख गरिन् । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश महासचिव गोविन्द सुवेदीले गोरखापत्र आम पाठकले चाहे अनुरुप बन्नुपर्ने सुझाव दिए ।
नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारीले गोरखापत्र नागरिकको प्रतिनिधित्व गर्ने युगपत्र तर्क गरिन् । उनले अझै पनि केही सूचना र जानकारी लिनको लागि गोरखापत्र नै खोजीमा पर्ने सुनाइन् । पत्रकार केशवशरण लामिछानेले गोरखापत्र सरकारको स्वामित्वबाट मुक्त हुन आवश्यक रहेको औंल्याए । उनले परम्परागत ढर्राबाट परिवर्तन हुनुपर्ने जनाए ।
पत्रकार भरत कोइरालाले पत्रकारको प्रश्न हराएको भन्दै प्रति जाहेर गरे । ‘पत्रकारले प्रश्न गर्ने हो तर अचेल प्रश्न हराएको छ ।
कारण, राज्यमुखी र आर्थिक पाटो । मार्केटबाट बढी गाइडेड हुनुपर्दा पत्रकारिता धरासायी बनेको छ,’ उनले भने ।
प्रेस चौतारी कास्की अध्यक्ष अर्जुन गिरीले नेपाली पत्रकारितामा गोरखापत्रको गरिमा र महिमा उचो रहेको जनाए । माथि रहेको बताउनुभयो । पर्यटन व्यवसायी गणेश भट्टराईले गोरखापत्रले सरकारका राम्रा कुरामात्र होइन, कमिकमजोरी पनि औंल्याउनुपर्ने सुझाव दिए । पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले समाचार दलगत र गुटबाट मुक्त हुन आवश्यक रहेको जनाए ।
गोरखापत्र संस्थान प्रदेश स्तरीय कार्यालयका प्रमुख रमेश पौडेलले गोरखापत्र देशकै पहिलो पत्रिका भएकाले यसले धेरै पत्रकार पनि जन्माएको जनाए । हिजो दरबारको बारेमा बोल्ने पत्रिका अहिले आम जनता र आवाज विहीनको आवाज बनेको उनको जिकिर छ ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया