‘मानसिक समस्या आत्महत्याको प्रमुख कारक’

पोखरा ।
सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पोखरा ९ पृथ्वीचोकले मंगलबार आत्महत्या न्यूनीकरणसम्बन्धी प्रशिक्षण कार्यक्रम गरेको छ । पृथ्वीचोकको बसपार्क स्थित कृष्णटोल समाज भवनमा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक तिलक मानन्धरले विभिन्न अध्ययन प्रतिवेदन अनुसार आत्महत्याको प्रयास गर्नेमध्ये ९५ प्रतिशत व्यक्ति कुनै न कुनै किसिमको मानसिक समस्याबाट ग्रसित भएको पाइएको बताए ।
उनले ५ प्रतिशत व्यक्तिले एक्कासि तनावपूर्ण अवस्थामा आएर आत्महत्या गरेको पाइएको जानकारी दिए । संस्थाका निवर्तमान अध्यक्ष विपिन अधिकारीले आत्महत्या न्यूनीकरण सम्बन्धि सचेतनाका अलवा सडक सुरक्षा, चोरी डकैती नियन्त्रणका लागि पर्चा, पम्लेटसहित सचेतनामूलक घरदैलो गरेको जानकारी दिए ।
कार्यक्रममा सामुदायिक सेवा केन्द्र पृथ्वीचोकका कार्यवाहक अध्यक्ष कमलबहादुर श्रेष्ठले पृथ्वीचोक तथा बसपार्क क्षेत्रमा सवारी चालक, पसल तथा पैदल यात्रुलाई लक्षित गरी सडक सुरक्षा र सार्वजनिक स्थानमा धूमपान तथा सुर्तिजन्य पदार्थ विरुद्ध सचेत रहन सचेतनामूलक कार्यक्रम गरेको बताए ।
कार्यक्रममा संस्थाका सहसचिव केपी लामिछाने, कार्यसमितिका सदस्य तथा कार्यक्रम संयोजक रेविका श्रेष्ठ, कृष्णटोल आमा समूहका अध्यक्ष रुपा केसी लगायतले स्थानीय समुदाय सचेत र जागरुक भए समाजको शान्ति, सुरक्षा कायम गर्न सकिने बताए ।









टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
कांग्रेसको नयाँ परिपत्र : क्रियाशील सदस्यता वितरण सहज र व्यापक बनाउन निर्देशन
कोरियाली राजदूत र पोखराका मेयरबीच भेट : पर्यटन प्रवर्द्धन र विकास आयोजनामा सहकार्य
कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया