म्याद नाघेका २९ हजार बोतल बियर नष्ट

पोखरा ।
म्याद गुज्रिएका १४ लाख रुपैयाँ मूल्य बराबरको बडवाइजर बियर नष्ट गरिएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालको नेतृत्वकोे अनुगमन टोलीले मंगलबार पोखरा महानगरपालिका ५ पस्र्याङमा रहेको लाभाजु इन्टरप्राइजेजबाट बरामद गरिएको १४ लाख बराबरको बियर बुधबार नष्ट गरिएको हो । पोखरा महानगरपालिकासँगको समन्वयमा मुस्ताङचोकमा नष्ट गरिएको हो ।
सहायक प्रजिअ ढकाल नेतृत्वको अनुगमन समितिले इन्टरप्राइजेजबाट म्याद नाघेका ६५० मिलिमिटरको ३१६ कार्टुन र ३३० मिलिमिटरको ६ कार्टुनको २९ हजार ४ सय ५० बोतल बियर बरामद गरेको थियो । ती सबै बोतलका बियर खाल्डोमा खन्याएर नष्ट गरिएको हो ।
उक्त इन्टरप्राइजेजलाई उपभोक्ता संरक्षण ऐनअनुसार कारबाही गर्ने जिल्ला प्रशासन कार्यालय कास्कीका नासु शिवप्रसाद शर्माले बताए । उनले भने, ‘उपभोक्ता संरक्षण ऐनमा म्याद गुज्रेको वस्तु बिक्री गरे र बिलबिजक जारी नगरेको खण्डमा ५० हजारदेखि १ लाखसम्म जरिवाना गर्न सक्ने व्यवस्था छ । त्यसैको आधारमा रहेर जरिवाना हुन्छ ।’







‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया