आदर्शचोकमा मनकामना डेन्टल

पोखरा ।
माता मनकामना डेन्टलले पोखरा वडा नं. २९ को आदर्शचोकबाट सेवा सुरु गरेको छ । पोखरा २९ का वडाध्यक्ष श्रीप्रसाद गुरुङले बुधबार आयोजित एक समारोहबीच सेवा सुरुआत गरे ।
वडाध्यक्ष श्रीप्रसाद गुरुङले गुणस्तरी स्वास्थ्य सेवाबिना मानिसको जीवन चल्न नसक्ने बताए । उनले वडा कार्यालय नागरिकलाई सुलभ रुपमा स्वास्थ्यसहितका सेवा दिन दत्तचित्त रहेको बताए । उनले भने, ‘स्वास्थ्य संस्थाहरुले गुणस्तरीय सेवा दिनुपर्छ । यो व्यवसायमात्र होइन, सेवामूलक व्यवसाय हो । सामाजिक उत्तरदायित्व निर्वाह गरी स्थानीय सरकारसँग सहकार्य गर्न आग्रह गर्दछु ।’
डेन्टलका सञ्चालक युवराज पौडेल(अर्जुन) ले २ दशकदेखि दाँत तथा मुख उपचारमा समर्पित मनकामनाले लेखनाथमै शाखा खोलेर सेवा दिन थालेको बताए । ५ वर्षअघि लेखनाथबाट सेवा सुरु गरेको मनकामनाले अहिले आफ्नै भवनबाट सेवा दिन थालेको हो ।
उनले व्यवसायमात्र नगरी लेखनाथबासीलाई वडा कार्यालय र सामाजिक संघ, संस्थासँग मिलेर सचेतना र शिविरमार्फत् सित्तैमा सेवा पनि दिने उनले प्रतिवद्धता जनाए । उनले भने, ‘लेखनाथमै विशेषज्ञबाट दाँत, मुख र गिजाका सबै खालका समस्याको गुणस्तरीय उपचार गर्ने लक्ष्य लिएका छौं ।’
कार्यक्रममा मिलीजुली टोल विकास संस्थाका सचिव देवीराम थापाले पनि बोलेका थिए ।








फेदीमा दोभान कप सुरु
‘सृजना कप’ विद्यालयस्तरीय भलिबलको तयारी
पुस ३ गतेदेखि हिसान स्पोर्ट्स मिट
लजी लन्ड्री लाउन्ज सञ्चालनमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया