महेन्द्र माविको वार्षिकोत्सव

पोखरा ।
पोखरा१९ घार्मीमा रहेको महेन्द्र माध्यमिक विद्यालयको ३३ औं वार्षिकोत्सव बुधबार भएको छ । समारोहमा पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले महानगरपालिकाभित्र पनि पछि थपिएका क्षेत्रको विकास र समृद्धिमा स्थानीय सरकारको विशेष भूमिका निर्वाह गर्ने बताए ।
आचार्यले आगामी वर्षको बजेटमा पछि परेका वडालाई विशेष व्यवस्थासहितको बजेट विनियोजन गरिने स्पष्ट पारे । उनले भवनको अभावमा शैक्षिक गतिबिधि गर्न समस्या परेको भए त्यसलाई समाधान गरिने सुनाए । उनले शिक्षामा राज्यले गरेको लगानी अनुरूप प्रतिफल दिने गरी काम गर्न आग्रह गरे ।
प्रधानाध्यापक बैकुण्ठ पौडेलले विद्यालयले भोग्नु परेका समस्याका विषयमा जानकारी गराए । उनले शिक्षक दरबन्दी कम भएका कारण शैक्षिक गतिविधिमा समस्या परेको उल्लेख गरे । कार्यक्रममा पोखरा १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डे, पूर्व वडाध्यक्ष शोभामोहन पौडेल, शिक्षा महाशाखा प्रमुख हेमराज आचार्य, जीवन रेग्मी, वडा सदस्य दुर्गा बस्नेत, कल्पना सुनार, सहायक प्रधानाध्यापक नन्दराज दाहाल, शिक्षक धनकुमार श्रेष्ठ, विद्यार्थी असिम सुनार लगायतले बोलेका थिए ।
कार्यक्रममा अक्षयकोष दाता ढुण्डिराज पौडेल, राधादेवी पौडेल, बाबुराम सुनार, कृष्णप्रसाद पौडेल, वासुदेव पौडेल, दामोदर पौडेल, वैकुण्ठ पौडेल, हिमलाल पौडेल, पार्वती बरालसहित उत्कृष्ट शिक्षक सुरज अधिकारी र रत्ना विक, अभिभावक रमा भुजेललाई सम्मान गरिएको छ । एमाजी कल्चरल फाउन्डेसन जापानको सहयोग र स्थानीय तोयानाथ पौडेलको सक्रियतामा २०४७ सालमा यो विद्यालय स्थापना भएको हो ।








आठौँ टुर दि पोखरा’काे तयारी अन्तिम चरणमा
भारतीय टोलीद्वारा पर्वत र बागलुङको धार्मिक यात्रा : धार्मिक पर्यटन प्रवर्द्धनमा जोड
समानुपातिक सिटको नयाँ आधार तय : खस–आर्यको हिस्सा घट्यो, मधेशी र मुस्लिमको बढ्यो
लोक–रकबाट नेपाली पहिचान उचालेका अमृत गुरुङ पोखरा रत्न
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया