पर्वत कांग्रेसका सचिवका प्रत्यासीले पनि त्यागे पार्टी

पोखरा ।
नेपाली कांग्रेस पर्वत जिल्ला सचिवका प्रत्यासी मोहन आचार्यले पार्टी परित्याग गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत २५ वर्षदेखि आवद्ध भएको कांग्रेस परित्याग गरेको घोषणा गरेका हुन् । उनी कांग्रेस १४औं महाधिवेशनमा पर्वत जिल्ला सचिनमा पराजित भएका थिए ।
‘करिब २५ बर्षको यात्राबाट विश्राम लिदै फरक यात्राका माध्यमबाट जोडिने सोचमा,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
उनी नेपाल विद्यार्थी संघको जिल्ला अध्यक्ष हुँदै केन्द्रीय सदस्य भएका थिए ।
पार्टीले अवसरवादीलाई मात्र ठाउँ दिएकाले आफूले पार्टी परित्याग गरेको आचार्यले प्रतिक्रिया दिए । ‘अवसरवादी भयो, नेताको चाकडी गर्नेलाई मात्र अवसर मिल्ने भयो, हामी जस्तो इमान्दार मान्छेलाई काम छैन,’ आचार्यले भने । आगाभी दिनहरु छलफल गरेर अगाडि बढ्ने आचार्यको भनाइ छ ।
यसअघि कांग्रेस पर्वतका सभापतिका प्रत्यासी प्रभावशाली युवा नेता मिलन सुवेदी ३१ जनाले एकै पटक पार्टी परित्याग गरेका थिए । जिल्ला कार्य समिति सदस्य किसान थापा, फलेबास नगरपालिकाका सचिव सागर भुसाल, प्रदेश सभा सदस्यको उम्मेदवार बनेका कमलराज पौडेल, नेविसंघका निवर्तमान जिल्ला सभापति सन्तोष पाठक लगायत थिए । उनीहरु राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा समाहित भएका थिए ।
त्यसको केही दिनपछि नेपाली कांग्रेस पर्वत प्रदेश सभा ‘२’ का क्षेत्रीय सचिव ठाकुर रसाइलीले पनि पार्टी परित्याग गरेका थिए । त्यसबिचमा ५० भन्दा बढी कांग्रेस नेता, कार्यकर्ताले पार्टी परित्याग गरेका छन् ।









सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
भद्रकाली माविलाई सत्य युवा क्लबको सहयोग
गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले गर्यो स्वागत
रिभानमा एक्यापको ३९औँ वार्षिकोत्सव, कृषि प्रदर्शनी र संरक्षणकर्मीलाई सम्मान
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया